२६ माघ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रवक्ताले दिएको एक अभिव्यक्तिले ट्वीटरमा हंगामा मच्चाएको छ। राष्ट्रपतिसंग बाथरोव (नुहाएपछि लगाउने लुगा) छैन भनी उनले बताएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो। ह्वाईट हाउसका प्रेस सचिव सन स्पाईसरले अमेरिकी पत्रिका न्यूयोर्क टाइम्समा केहि समय अघि छापिएको खबर गलत भएको आरोप लगाएको बीबीसीले छापेको छ ।
पत्रिकाले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पको सुरुवाती दिनका विषयलाई लिएर एउटा लेख प्रकाशित गरेको थियो । न्युयोर्क टाइम्सले उक्त लेखको लागी माफी माग्नुपर्ने स्पाइसरले बताएका छन् ।
‘जब ट्रम्प बाथरोव लगाएको बेला टिभी हेर्दैनथे, साथीहरु वा सल्लाहाकारसंग फोनमा कुरा गर्दैनथे तब उनलाई थाहा नभएको आफ्नो घरभित्रका नयाँ ठाउँ हेर्दै समय व्यतित गर्थे । यसबारेमा निकै कमलाई थाहा छ।’, सो लेखमा लेखिएको थियो।
स्पाइसरले यहि विषयको खण्डन गर्दैे ट्रम्पसंग बाथरोव समेत नभएको दाबी गरेका हुन।
स्पाइसरको बयानपछि सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पको वाथरोव लगाएको फोटो समेत पोष्ट गरिदैँ ‘ट्रम्पको बाथरोव’को मजाक उडाइएको छ।
अहिले सामाजिक सञ्जालमा पुराना तस्बिरमा फोटोसप गरि ट्रम्पसंग बाथरोव नभएको आशयको तस्बिर सेयर गरिएका छन।
यो पढ्नुस्।
भूकम्पबारे मजाक गर्दा अप्ठ्यारोमा परे मोदी
आखिर के हो ट्रम्पको योजना ?