२७ असोज, एजेन्सी ।
अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिँदा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका थप दुईवटा यौन हिंसाका घटना सार्वजनिक भएका छन् । ट्रम्पले टेलिभिजन बहसमा महिला हिंसा नगरेको दावी गरे लगत्तै दुई अमेरिकी महिलाले आफू पनि ट्रम्पबाट पीडित भएको दावी गरेका हुन् । ति महिलाको छुट्टाछुट्टै दावीअनुसार एउटा यौनहिंसा उडिरहेको विमानमै र अर्को ट्रम्प टावरको लिफ्ट छेउमा भएको हो ।
एउटा कागज कम्पनीमा काम गर्ने ७४ वर्षीया महिला जेसिका लिड्सले तीस वर्ष पहिले न्यूयोर्कबाट भएको हवाइ यात्राका क्रममा ट्रम्पले आफ्नो संवेनशिल अंग समातेको र स्कर्टमा हात हाल्ने कोसिस गरेको न्यूयोर्क टाइम्ससँगको अन्तरवार्तामा बताएकी हुन् ।
त्यस्तै, रसेल क्रुक्सले बायरक ग्रुपको रियल स्टेट इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीमा काम गर्दा सन् २००५ मा ट्रम्पले आफूलाई मुखमा चुम्बन गरेको दावी गरेकी छन् । टेलिभिजन बहसमा ट्रम्पले झुट बोलेकाले दुव्र्यवहारको घटना सार्वजनिक गर्नुपरेको दुवै महिलाले बताएका छन् ।
पूर्व एरिजोना सुन्दरीले पनि सन् २००१ मा सौन्दर्य प्रतियोगीको ड्रेसिङ कक्षमा सुटुक्क चियाएर ट्रम्पले नांगा केटी हेर्ने गरेको आरोप लगाएकी छन् । जसलाई ट्रम्पले पनि स्वीकारेका छन् ।।