१२ फागुन, एजेन्सी । भारतमा आजदेखि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको शुरु भएको छ ।
भोलिसम्म हुने भ्रमणका क्रममा उनी अहिले आगरामा रहेको ताजमहलको भ्रमणको लागि निस्किएका छन् । भारतको अहमदावादमा लाखौँ मानिस जम्मा भएर हौसला र खुसी साटासाट गरिरहँदा राजधानी नयाँ दिल्लीमा भने हिंसा भड्किएको छ ।
दिल्लीको जाफरापबादमा नागरिकता कानुन र एनआरसीको विषयमा आज भएको प्रदर्शन हिंसात्मक बनेको छ । दिउँसो नागरिकता कानुनको समर्थक र विरोधीहरुबीच भएको झडपमा परी एक प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक प्रहरी गम्भीर घाइते भएका छन् ।

प्रदर्शनकारीहरु तीनवटा गाडीमा आगो लगाएका थिए । जाफराबादको अवस्था पनि एकदमै हिंस्रक बन्दै गएको छ । चारैतिरबाट ढुङ्गामुढा भइरहेको छ । प्रदर्शनकारीले कैयौँ पसलहरुमा आगलागीको कोसिस गरेका थिए ।