२८ भदौ, रौतहट।
रौतहटको गौरबाट आनदोलनरत विभिन्नदलका चार जना स्थानिय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा फोरम लोकतान्त्रिकका अजय गुप्ता, सद्भावना पार्टीका शेषजमसेद र फोरम नेपालका रामेश्वर यादव तथा किशोर प्रसाद यादव रहेका छन् ।
उता दंगा ग्रस्त तथा निशेधित क्षेत्रमा जुलुस निकाल्न खोजेको भन्दै पर्सा प्रहरीले वीरगंजको माईस्थानबाट १५ जना प्रदशनकारीलाई नियन्त्रणमा लिएको छ । पक्राउपर्नेमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिका जिल्ला अध्यक्ष शशिकपुर मियाको नेतृत्वमा रहेका लोहियाबादीका नन्दन यादव, माओवादीका छोटेलाल यादव लगायतलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।