२३ असोज धनगढी । कैलाली गौरीगंगा नगरपालिका–९ स्थित गोप्का खोलामा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी हेमसागर दाहालकी आठ वर्षीया छोरी रीतिमा दाहाल र कृष्णबहादुर बिष्टकी १० वर्षीया छोरी प्रितीमा बिष्ट रहेको मसुरिया प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मदन जोशीले बताए।

खोलामा नुहाउने क्रममा दुबैको डुबेर मृत्यु भएको हो । दुवै बालिकाको शव स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ ।