fbpx
Nepali Headlines,Nepal News, Nepali News, News Nepal
  • मुख्य पृष्ठ
  • समाचार
  • अर्थ वाणिज्य
  • अन्तरवार्ता
  • आजको विशेष
  • विश्व
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • विज्ञान प्रविधी
  • स्वास्थ्य

Select Page

काँग्रेसमा किचलो, समूहगत हिसाबमा उम्मेद्वार सिफारिस

काँग्रेसमा किचलो, समूहगत हिसाबमा उम्मेद्वार सिफारिस

२१ असोज, डोल्पा । गुट–उपगुटमा विभक्त नेपाली काँग्रेस, डोल्पामा पछिल्लो समयमा आन्तरिक विवाद चुलिँदै गएको छ ।

तेह्रौ महाधिवेशनबाट निर्वाचित वर्तमान जिल्ला कार्य समिति अवैधानिक भएको भन्दै वर्तमान जिल्ला कार्यसमिति र पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय पक्षधरबीच पटक पटक भइरहेको विवाद कायमै छ ।

डोल्पा काँग्रेसका प्रमुख नेताबीच आन्तरिक विवाद चुलिँदै गर्दा संघ र प्रदेशका उम्मेदर पवानि समूहगत हिसाबमा सिफारिस गरेका छन् ।

यहाँबाट दुईवटा प्रदेश र एउटा संघको चुनावका लागि जिल्ला कार्यसमितिको निर्णयअनुसार क्षेत्र नं १ बाट वेगमसिंह ठकुरी र क्षेत्र नंं २ बाट कर्णबहादुर बुढालाई प्रदेशको उम्मेद्वारको रुपमा केन्द्रमा सिफारिस गरिएको पार्टी सभापति अंगतकुमार बुढाले जानकारी दिए ।

असन्तुष्टको छुट्टै उम्मेदवार 

जिल्ला कार्यसमितिको निर्णयलाई बेवास्ता गर्दै जिल्ला पार्टी सचिवसहितको प्यानलले पार्टी सभापतिले गरेको निर्णयप्रति पार्टी सचिव जयनन्द उपाध्याय, पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय लगायतले सामूहिक असहमति जनाउँदै आफ्नै हिसावमा उम्मेदवार सिफारिस गरेकोे छ ।

उक्त समूहले प्रतिनिधिसभाका लागि दीलबहादुर विष्ट र सुरेश शाहीको नाम केन्द्रमा सिफारिस गरेको छ ।

त्यस्तै, सो समूहले १ नम्बर क्षेत्रबाट मीनकुमार शाही, २ नं बाट पार्टीका पूर्वसभापति टंकप्रसाद उपाध्यायको नाम प्रदेशमा सिफारिस गरेर केन्द्रमा पठाएको छ ।  रासस

Share:

PreviousFilmmaker Kundan Shah is dead
NextMaoist Centre chair Dahal says he proposed unity with UML

ताजा हेडलाइन्स

  • मन्दिरमा बत्ति बाल्दा जलेर महिलाको मृत्यु
    मन्दिरमा बत्ति बाल्दा जलेर महिलाको मृत्यु
    Mar 31, 2020 | समाज
  • ‘उपचार नगर्ने अस्पताल र डाक्टरको लाइसेन्स खारेजी हुन्छ’
    ‘उपचार नगर्ने अस्पताल र डाक्टरको लाइसेन्स खारेजी हुन्छ’
    Mar 31, 2020 | समाचार
  • ‘भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीँ रहनुपर्छ’
    ‘भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीँ रहनुपर्छ’
    Mar 31, 2020 | समाचार
  • कोरोना नियन्त्रण तथा उपचार कोषमा पूर्वराजाको २ करोड सहयोग
    कोरोना नियन्त्रण तथा उपचार कोषमा पूर्वराजाको २ करोड सहयोग
    Mar 31, 2020 | समाचार
  • ढोरपाटन नगरपालिकाका मेयरले ९ लाख ६५ हजार घरभाडा छुट दिने
    ढोरपाटन नगरपालिकाका मेयरले ९ लाख ६५ हजार घरभाडा छुट दिने
    Mar 31, 2020 | समाचार

Designed by Elegant Themes | Powered by WordPress