१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसियएलले देशभर काँग्रेस र राप्रपाका नेताविरुद्ध द्वन्द्वकालीन घटना व्यूताएर मुद्दा दायर गर्न निर्देशन दिएको छ ।

पार्टीका केन्द्रीय नेता बालकृष्ण ढुंगेललाई आज प्रहरीले पक्राउ गरी जेल चलान गरेपछि वासियलले विज्ञप्ती निकाल्दै यस्तो चेतावनी दिएको हो ।
देश संविधान कार्यान्वयनका लागि प्रदेश र प्रतिनिधिसभा चुनावमा होमिएका बेला निर्वाचन नगर्ने षडयन्त्र स्वरुप ढुंगेललाई पक्राउ गरिएको वासिएलल ठहर गरेको छ ।

अध्यक्ष रामप्रसाद सापकोटाद्वारा जारि विज्ञप्तीमा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत मुद्दाको हल गर्न र ढुंगेललाई तत्काल रिहा गर्न माग गरिएको छ । ज्यान मुद्दाका दोषी ढुंगेललाई सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ ।

सर्वोच्चको फैसलालगत्तै सार्वजनिक रुपमा नदेखिएका ढुंगेललाई प्रहरीले आज सातदोबाटोबाट पक्रेर डिल्लीबजार कारागार चलान गरिसकेको छ । (हेर्नुस् विज्ञप्ती)