२२ भदौ, कुन्दुज (अफगानिस्तान) ।

उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तको राजधानीमा तालिबानी विद्रोहीविरुद्ध अकस्मात् गरिएको कारबाहीमा तालिबान लडाकू नेता मालाबी अब्दुल कहारको मृत्यु भएको यहाँको प्रान्तीय प्रहरीले जनाएको छ ।

अफगानिस्तानको राजधानीबाट २५० किलोमिटर उत्तरमा भएको उक्त घटनामा तीन जना अन्य लडाकू घाइते भएका छन् ।

सरकारी गुप्तचर अधिकारीले प्रवाह गरेको गोप्य सूचनाका आधारमा सरकारी फौजले तालिबान लडाकूविरुद्ध बाघ¬–ए–सिर्कात इलाकामा अकस्मात कारबाही गर्दा तालिबानी लडाकू नेताको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना अरु घाइते भएका छन् ।

यसका बारेमा तालिबानी लडाकूबाट प्रतिक्रिया आउन अझै बाँकी छ । रासस÷सिन्ह्वा