तिलाठी घटना नेपालीको बहादुरी

नेपालको भूमि दजगजामा बाँध बाध्ने र भारतले नेपाल एउटा छुट्टै राष्ट्र हो भन्ने सामान्य मुल्य पनि कुल्चिने दुष्प्रयास तिलाठीमा भयो । यो घटना निकै निन्दनीय घटना हो । भारतीय पक्षलाई नेपालीहरुले सम्झाउदा पनि एकतर्फी रुपमा बाँध बाध्ने काम भयो । भारतीय दादागिरीको विरुद्ध स्थानीय जनताले प्रतिरोध गर्नु निकै सराहनीय काम हो । यसलाई हामीले उच्च सम्मान गर्नुपर्छ । नेपालीहरुले नेपालको भूमिको रक्षा गर्नको लागि देखाएको प्रर्दशन निकै प्रशंसायोग्य छ ।

को हुन् भारतीय बाँध भत्काउन लाठी बोक्ने देवनारायण यादव ?

तिलाठीको घटना हाम्रो लागि कुनै नौलो घटना होइन । लक्ष्मणपुरमा समस्या छ । सुस्ता र कालापानीमा पनि समस्या छ । लिपलेकमा भारत र चीन मिलेर नेपाली सीमा मिचिएको छ । सबैतिर घटना भएका छन ति सबै ठाउँमा जुधन सकिन्छ, प्रतिवाद गर्न सकिन्छ । लडन सकिन्छ र जित्न सकिन्छ भन्ने उदाहरणको रुपमा तिलाठीको घटनालाई लिन सकिन्छ । सबै नेपालीहरुले यस घटनाबाट पाठ सिकेर हाम्रो देशको राष्ट्रिय स्वाधिनता सार्वभौमसत्ताको रक्षा लडने सन्देश यसले पैदा गरेको छ ।

Thakur gaire with Tilathi Victim (1)ठाकुर गैरे, युवा नेता, नेकपा एमाले

सीमा क्षेत्र बन्द गर्नुपर्छ
सीमानामा रहेको जंगे पिल्लर आवश्यक छैन भन्ने पनि हामीले सुन्यौ । यस्ता घटना दोहोरिरहने श्रृंङखलाहरु चल्दै आएका छन् । खुल्ला सीमानाको कारण नागरिकताको समस्या रुपमा देखिएको छ । संविधान बनाउने प्रक्रियामा होस वा अहिले पनि अङकृत नागरिकता प्राप्त गरेका भारतीय मुलका नेपालमा मुख्य मन्त्री प्रधामन्त्री सेना प्रहरीको प्रमुख प्रधानन्यायाधीश पाउनु पर्छ भन्ने तहसम्मको मागहरु उठिरहेका छन् । यसको दिर्घकालीन समस्याको समाधान खोज्नु नेपाल र भारत दुवै देशको हितमा छ ।

तिलाठी घटना २ देशका जनता जुधाउने षडयन्त्र- राजेन्द्र महतो

दिर्घकालीन समस्या खोज्दा यसले नेपालको मात्र हित गर्दैन भारत पनि हित गर्छ । यसको समाधान भनेको खुल्ला सीमानाको अहिलेको विद्यमान अवस्थालाई अन्त्य गर्नुपर्छ । खुल्ला सीमानाको अवस्थालाई बन्द गर्नुपर्छ । दुई देशबीचको दैनिक रुपमा हुने आवतजावतलाई एउटा सिस्टममा लैजान प्रक्रिया अगाडि बढाउनु पर्छ । कुनै न कुनै परिचयपत्रको आधारमा आउने जाने गर्नुपर्छ । निश्चित सीमानाबाट आउने जाने र अन्य ठाउँहरुबाट बन्द गर्नुपर्छ । दुई देशको बीचमा जहाँबाट पनि आउने जाने व्यवस्था बन्द गर्नुपर्छ । पर्खाल तारजाली कुनै प्रकारणको नियन्त्रण नगर्ने भनेको दुवै देशको हितमा हुँदैन । अन्तर्राष्ट्रिय रुपमा आतंकवादको त्रास फैलाएर भारतले दुःख दिन खोजिरहेको छ । विना आधार आतकंवादी हमलाको नाममा हल्ला फैलाइयो । यसले ठूलो मनोवैज्ञानिक त्रास फैलाएको छ । सीमा क्षेत्र बन्द गर्नुपर्छ ।

तराईलाई डुबाउने योजनामा भारत
धेरै अगाडिदेखि नै दसजगाको नजिकै भारतीय पक्षले लिक रोड निर्माण गर्ने र यसबाट पूर्व पश्चिम जलाशय पैदा गर्ने गरी बाँध बाधेर तराईको भूभाग या त आफ्नो पक्षमा पार्ने या त डुबानमा पार्ने योजनामा भारत रहेको छ । यसको विरुद्ध जुलु्स धर्ना विरोध गर्नेदेखि लिएर सरकारलाई ध्यानाकर्षण गर्ने काम पनि नभएको होइन । अहिलेसम्म सुनुवाई भएको छैन । लक्ष्मणपुरमा बाँधियो । अहिले आएर तिलाठीमा बाँधियो । हेर्दा अहिले एक ठाउँमा देखिएपछि क्रमशःभारतले बनाउन लागेको रोडको कारण पूर्व पश्चिम आपसमा स्वतः जोडिन्छ । योजनाबद्ध रुपमा दसजगाभित्रको सबै जमिनमा जोडने दिर्घकालीन योजनामा भारत रहेको छ । नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र मार्फत तराईलाई बर्फरजोन बनाउने सिंगो तराईलाई डुबान बनाउने र कष्ट पैदा गर्ने योजना बनाएको छ । यो कुरा सरकारले बुझ्न जरुरी छ । यो समस्या समाधानको लागि ढिलो गर्नु हुँदैन ।

भारतलाई हेर्ने नेपालले नीति बनाउनु पर्यो
सरकारले प्रबुद्र्ध समुह गठन गरेर केही काम अगाडि बढाएको छ । भारतीयहरुले जंगे पिल्लर भत्काउनु पर्छ भनेर शर्त राखेर गए । सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्ने कुरा उठेको छ । यसबाट पनि नेपाल भारतको सीमा क्षेत्रलाई व्यवस्थिति गर्ने एउटा राम्रो पुलका रुपमा काम गर्न सक्छ । जति पनि समस्या देखिएका छन । नेपाल पक्षले व्यापक रुपमा छलफल गर्नुपर्छ । अन्तर्राष्ट्रिय नीति तत्काल बनाउनु पर्छ । विगतमा पञ्चायतले एउटा नीति अपनायो । २०४६ पछिको सरकारले छुट्टै नीति अपनायो । अहिले पनि नेपालको अन्तर्राष्ट्रिय नीति र सम्बन्ध के हो अझै स्पष्ट हुन सकेको छैन । बन्न पनि सकेको छैन् । नेपाल भारत, नेपाल चीनको सम्बन्धको ठोस नीति बन्न सकेको छैन् । व्यापार पारवहन सम्बन्धी भएका सन्धी छन त्यसलाई नेपालको हितमा राखेर काम अगाडि बढाउनु पर्छ । जे जति समस्या छ वार्ता मार्फत समाधान खोज्नु पर्छ । भारतले गरेको गलत कामको पनि कुटनीतिक ढंगले अगाडि बढाउनु पर्छ ।

भारत नेपालको राजनीतिक अस्थिरतामा खेल्न चाहन्छ
नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाउने सोचमा भारत रहेको छ । अहिले एउटा बहुमतिय सरकार ढालेर पनु बुहुमतीय सरकार गठन गर्नुको के औचित्य छ र ? नेपालमा अस्थिरता पैदा गर्ने मनसायबाट भारत मुक्त हुनुपर्छ । नेपाल र भातको बीचको सम्बन्ध तिक्ततापूर्ण होइन सुमधुर हुनुपर्छ । सहकार्य गरेर भाइचारको आधारमा अगाडि बढनु पर्छ । भारत ठूलो छ रनेपाल सानो छ भुगोलमा मात्र । तर दुवै देश बराबरी छन । भारतको साथ र सहयोग लिएर नेपालमा गलत काम गनेहरु छन । भारतलाई नेपालमा खेल्नको लागि सहज वातावरण मिलेको छ यो गलत हो ।

तिलाठीमा घाइतेहरुको उपचार गर्नु कर्तव्य ठान्यौं
तिलाठी घटना भएपछि हामीले त्यसमा एक्बद्धता जाहेर गर्यौ । अरु ठूलो जनधनको क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गरायौ ।

Thakur gaire with Tilathi Victim (2)

घाइतेहरुको उपचार त्यहाँ भइरहेको छ । सिंगो देश तपाईहरुको साथ छ भनेर हामीले घाइतेहरुको उपचार गर्नु आफ्नो दायित्व र कर्तव्य ठान्यौ । काठमाडौमा ल्याइएकाहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्था मनामोहन अस्पताले प्रतिबद्धता जाहेर गरेको छ । घाइतेहरु स्वास्थ्य नहुदासम्म उहाँहरुको खाने वस्ने व्यवस्था गरेको छ । विराटनगरबाट काठमाडौ ल्याउने व्यवस्थापनको काम हामीले गरेका छौं । यो घटनामा सरकारले अझै ठूलो सपोट गर्नुपर्छ ।

योद्धालाई नागरिक अभिन्दन गर्छौं
नागरिक अभिन्नदन गर्ने वा कुनै प्रकारको सम्मान गर्ने योजना बनाएका छौं । जुन साहसको साथ उहाँहरु दसजगामा लडनु भयो । देशभरीबाट उहाँहरुमाथि सम्मान प्रकट भएको छ । कुनै कार्यक्रम गरेर उहाँहरुलाई सम्मान गर्नुपर्छ भन्ने सुझाव आइरहेका छन् । अहिले उपचार नै मुख्य कुरा हो । उहाँहरुको स्वास्थ्यमा कुनै समस्या छैन भन्ने प्रारम्भिक रिपोर्ट आएको छ । कुनै कार्यक्रम गरेर उहाँहलाई सम्मान गछौ । १२ जना भन्दा बढी घाइते हनुभएको छ । उनीहरुलाई पनि राजधानी ल्याउनु पर्ने अवस्था भयो भने राजधानी ल्याउछौ । यो घटनामा परेर लडाई लडेका सबै घाइतेहरुको उपचारसँगै उहाँहरुको सम्मान पनि गर्नुपर्छ । सरकारले सम्मान गर्नुपर्छ ।

तिलाठी घटनामा खै त मधेसी मोर्चाको भनाई ?
तिलाठीमा मात्र होइन भारतीय थिचोमिचोका विरुद्ध सदियौदेखि लडिरहनुभएको छ । सीमा क्षेत्रमा भएको समस्याको सबै भन्दा साक्षी सीमा क्षेत्रमा बसेका बान्सिन्दा हुन् ।अब सबै जाग्नु पर्छ । मधेसी मोर्चाका नेताहरुले एउटा विज्ञप्ती प्रकाशित गरेर औपचारिक वक्तव्य जारी गरेर तिलाठीमा भएको नेपाल विरोधी घटनाको बारेमा खै त विज्ञप्ती निकालेको ? त्यतिखेर मधेसी मोर्चा के हो भनेर स्पष्ट हुनेछ ।