९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश मट्टराइले तीनकुनेदेखि गौशालासम्मको क्षेत्रमा सकेकुवा पोल्न प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सोमबार मन्त्रालयमा आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गर्दै । तस्वीर: नवीन पौडेल, रासस

एक वर्षमा आफूले गर्ने कार्यबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराइले यस्तो घोषणा गरेका हुन् । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ क्षेत्रको रुट पर्ने भएकाले तीनकुनेदेखि गौशलासम्मको सडक क्षेत्रमा सेकुवा पोल्न प्रतिबन्ध लगाउने उनको तर्क छ ।

मन्त्री भट्टराईले पशुपतिनाथ क्षेत्रमा हुँदै आएको आरतीलाई विश्वसम्म पुर्याउन फेसबुक, युट्युब लाइभको योजना पनि सार्वजनिक गरेका छन् । पत्रकारलाई पनि उक्त आरतीको लाइभ गर्न र भिडियो खिच्ने वातावरण मिलाउने उनको भनाई छ । उनले ७० वर्ष कटेका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा पनि गरेका छन् ।