१६ भदौ, एजेन्सी । ‘बाहुबली’ नायक प्रभासको नयाँ फिल्म ‘साहो’ले बलिउडमा दमदार कमाइ गरिरहेको छ । फिल्मले हिन्दी भर्जनले पहिलो तीन दिनमा ७९ करोड ८ लाखको कमाई गरेको छ । उसो त यसअघि प्रभासले यसअघिको आफ्नै फिल्म ‘बाहुबली २’को बक्सअफिस रेकर्ड भने तोड्न सकेनन् ।

बक्स अफिसमा अहिलेसम्म ‘साहो’ले सोचेजस्तो कमाई गर्न सकेको छैन । यसको पहिलो कारण भनेको समिक्षकको नकारात्मक समिक्षा हो । समिक्षकहरुले फिल्मको आलोचना गरेका छन् । बक्स अफिसमा राम्रो कमाई गरिरहेको भएता पनि केही दर्शकहरुले पनि फिल्मलाई बेकार भनिरहेका छन् । कतिपयले प्रभासको साहो सलमान खानको ‘रेस ३’ र आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ जस्तो हुनेछ भन्दै फिल्मको बारेमा बोलेका छन् ।

३ सय ५० करोडको लागतमा बनेको फिल्ममा प्रभासको साथमा श्रद्धा कपूर, नील नितिन मुकेश, चंकी पाण्डे लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।