२५ साउन, एजेन्सी ।

भन्निछ खेलकुद यस्तो चिज हो जसले आपसी कटुतालाई बिसाईदिन्छ । यस्तै दृश्य देखिएको छ ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औं ओलम्पिकमा ।

k1

दक्षिण कोरिया र उत्तर कोरियाकी दुई खेलाडीले संगै सेल्फी खिचेर देशबीचको कटुता बिर्साइदिएको संचार पूरै विश्वमा गरेका छन् । जिम्न्यास्टिक खेलाडीहरु दक्षिण कोरियाकी लि इयुन जु र उत्तरकी हङ उन जोङले सँगै सेल्फी खिचेका हुन् ।

k2

उत्तर र दक्षिण कोरियाबीचसम्बन्ध राम्रो छैन । उत्तरको मिसाइल परिक्षण पछि  दुई देश बीचको सम्बन्ध पछिल्लो समय झन् तनावपूर्ण बनिरहेको छ ।

k3

उनीहरुको यो मिलनलाई अन्तर्राष्ट्रिय संचारमाध्यमले देशबीचको सम्बन्धसँग जोडेर प्रस्तुत गरेका छन् ।