५ चैत, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा आज दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन् । सोही घटनामा शुक्र राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

attacked by knife

बरफ खाने क्रममा पैसा नतिरेको विषयलाई लिएर वादविवाद हुँदाहुँदै मृतक भक्त राईले भुक्के भनिने प्रज्वल तामाइलाई छुरी प्रहार गरि घाइते बनाएपछि अन्य युवाहरुसमेत मिली मृतक भक्त राइलाई धारिलो हतियार प्रयोग गरि सामुहिक हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको तर सत्यतथ्य आउन बाँकीनै रहेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा घाइते भएका भक्त राईलाई उपचारका लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु भइसकेको थियो भने अन्य घाइतेहरुको पनि प्रतिष्ठानमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । पक्राउ  परेका घाइतेहरुमा धरान १५ बस्ने बर्ष १९का रतन खत्री सोही स्थानकै बर्ष १७ का भुक्के भन्ने प्रज्वल तामाङ र बर्ष १९ का शुक्र राई रहेका छन ।