प्रयास पराजुली
लामो समयको संवादहिनता तोड्दै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटवार्ताले राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

फाइल तस्बिर
कांग्रेसले सहमति अनुसार सरकारको नेतृत्व छोडनु पर्ने दबाब दिइरहेको बेला प्रचण्ड र ओलीले भने कांग्रेस सभापति देउवालाई तत्काल सरकारको हस्तान्तरण गर्न आवश्यक नभएको निष्कर्ष निकालेका छन् । प्रचण्ड र ओली स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा सहमत देखिएका छन् ।
यो पढ्नुस्: प्रचण्ड र ओलीसँग भेट गरेर नारायणकाजी भारततिर
प्रचण्डले सहमति अनुसार अबको तीन महिनापछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने छ । तर चुनावको मिति घोषणा नभएको र मधेसको माग सम्बोधन गर्नको लागि संविधान संशोधन विधेयक पारित नभएको अवस्थामा अहिले नै सरकार नछोड्ने मनस्थितिमा प्रचण्ड पुगेका छन् ।
यो पढ्नुस्: प्रचण्ड सरकार ढाले देउवा प्रधानमन्त्रीबाट बञ्चित हुन सक्ने
सरकारको नेतृत्व लिने र दिने विषयमा प्रचण्ड र देउवाबीच देखिएको छटपटीमाथि एमाले अध्यक्ष ओलीले नयाँ खेल सुरु गरेका छन् । जुन खेल देउवा र प्रचण्डले आफ्नो स्वार्थ पूर्ति गर्नको लागि उपयोगी मान्दै खेल्न राजी भएको देखिन्छ । प्रचण्ड र देउवाबीच हुनुपर्ने संवाद अहिले देउवा–ओली र प्रचण्ड–ओलीबीच देखिएको छ ।
प्रचण्ड र देउवासँग बदला लिने नीतिमा ओली
आफ्नो नेतृत्वको सरकार ढालेकोप्रति ओली प्रधानमन्त्री प्रचण्ड र देउवासँग हाताहाती बदला लिने तयारीमा छन् । ओलीले नेता सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा समिति गठन गरेर नै सरकार ढाल्ने खेल अगाडि बढाएका छन् । ओली पनि भारतीय राजदुत रञ्जित रे देखि लिएर मधेसी मोर्चाका नेतासम्म छलफल अगाडि बढाइरहेका छन् ।
अहिले ओलीको मुख्य मिसन दुई दलबीच फोटो ल्याउने र विश्वास बढाएर फाइदा लिने देखिएको छ । सत्ता लेनदेनमा प्रचण्ड र देउवाबीच देखिएको विवादको बीचबाट गेम गर्ने योजनामा ओली रहेका छन् । दुई दलबीच दुरी बढ्दा प्रचण्डको साथ लिएर कमल थापा र विजय गच्छदारलाई लिएर आफै सरकारको नेतृत्व गर्ने योजनामा ओली छन् ।
राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रचण्डको प्रस्ताव
सरकारको नेतृत्व हस्तान्तरण गर्न तीन महिना बाँकी रहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले नयाँ प्रस्ताव अगाडि सारेका छन् । उनले संविधान संशोधन विधेयक र निर्वाचनको मिति घोषणा गर्न राष्ट्रिय सहमतिको सरकार गठन गरेर जानु पर्ने प्रस्ताव नारायणकाजी निवासमा भएको भेटमा प्रचण्डले ओली समक्ष राखेको एक नेता बताउँछन ।
यो पढ्नुस्: नारायणकाजी निवासमा प्रचण्ड र ओलीबीच यस्तो सहमति
देउवालाई शकां नै शंका
शकांले लंका जलाउछ भनेझैं राजनीतिक दलहरुको बीचमा अविश्वास बढ्दा समस्या एकपछि अर्को थपिदै गएको छ । राजनीतिमा हुने भद्र सहमति पटक–पटक उल्लंघन हुँदै आएको छ । तर पनि बाध्य भएर नेताहरु सहकार्य गर्न बाँध्य भएका छन् । संसदीय राजनीतिमा बेलाबेला मिल्ने र जुनसुकै बेला पनि सम्बन्ध विच्छेद हुँदै आएको छ ।
प्रचण्ड नेतृत्वको सरकार गठन गर्ने बेलामा प्रचण्ड र देउवाबीच प्रचण्डले नौ महिनापछि सरकारको नेतृत्व देउवालाई दिने सहमति भएको थियो । अहिले देउवाले प्रचण्डमाथि शकां गर्न थालिसकेका छन् । कतै प्रचण्डले भद्र सहमति तोड्ने त होइनन् ?
प्रचण्ड र ओलीसँग भेट गरेर नारायणकाजी भारततिर
प्रधानमन्त्रीजस्तो कुर्सी सहजै छोडने इच्छा कसलाई पो हुन्छ र ? प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव अगाडि सार्नु र नारायणकाजी निवासमा सरकार परिवर्तनको खेल पुनः सुरु हुँदा देउवा तनावमा परेका छन् । देउवाले कतै प्रचण्डले धोका दिने होइन भन्ने आशंका पनि व्यक्त गर्न थालेका छन् ।
संविधान संशोधन विधेयक पारित गराउनको लागि सक्रियतापूर्वक लाग्ने सोचमा देउवा छन्। जेठ १५ गते नयाँ बजेट ल्याएर मात्र प्रचण्डले सरकार छोडने योजना बनाएपछि बजेट ल्याउनु अघि नै कांग्रेसले आफूलाई सरकारको नेतृत्व दिनुपर्ने दबाब दिदै आएको छ ।