७ साउन, काठाण्डौं ।

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउने अनुमति लिएका देशभरिका ७१ उच्च माविको अनुमति खारेज गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । परिषद्ले सम्बन्धन लिएर पनि दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गर्न लागेको हो ।

उच्च माध्यमिक शिक्षा नियमावली, २०५२ को नियम ७ र सम्बन्धन सम्बन्धी विनियम, २०५५ को विनियम ६, १ बमोजिम उनीहरुको सम्बन्धन खारेज गर्न परिषदले यस अघि नै सार्बजनिक सुचना निकालि सकेको छ । यसअघि साउन १ गतेदेखि नै ति उच्च माबिको सम्बन्धन खारेज गर्ने तयारी गरिएको थियो ।

medical college bhairahawa
तर, खारेजीको सुचीमा परेका उच्च माविले खारेज गर्न नपर्ने कुनै कारण भएमा प्रमाणसहित लिखित स्पष्टीकरण दिन १५ दिनको समय सहित परिषद्ले आग्रह गरेको थियो ।

सो अवधिमा पेस भएका प्रतिबेदन अध्ययनको काम अहिले भैरहेकोले तोकिएको समयमा खारेज गर्ने कार्य नसकिएको परिषदका सम्बन्धन शाखा प्रमुख गोबिन्द खनियाले जानकारी दिए ।

परिषद्लाई प्राप्त सूचना कहीँ कतै त्रुटि भएर खारेज नहोउन् भन्ने उद्देश्यले स्पष्टीकरणको समय दिइएको र त्यसको अध्ययन अहिले भैरहेको उनले बताए । खनियाँका अनुसार अब बढिमा पाँच दिन भित्र प्रतिबेदन अध्ययनको काम सकेर कुन–कुन बिद्यालय खारेज गर्ने भन्ने टुंगो लगाइने छ ।

यसअघि सार्बजनिक गरेको सुचना अनुसार सम्बन्धन खारेज हुनेमा सबैभन्दा धेरै काठमाडाँैका उच्च मावि परेका छन् ।

परिषद्का अनुसार काठमाडौंका १७ वटा, ललितपुरका १०, मोरङका ६, झापाका ३, मकवानपुर र चितवनका ४–४, धनुषा, भक्तपुर, नवलपरासी र तनहुँका २–२ वटा उच्च माविलाई परिषदले खारेज गर्ने सुचीमा राखेको थियो ।

इलाम, सर्लाही, दोलखा, काभ्रेपलाञ्चोक, पर्सा, बारा, उदयपुर, सिरहा, स्याङ्जा, लम्जुङ, कपिलवस्तु, रुपन्देही, प्यूठान, रुकुम, बाँके, बर्दिया, सुर्खेत, कैलाली जिल्लाका १–१ वटा उच्च मावि सम्बन्धन खारेजीको सुचिमा छन् ।

सुचिमा पर्ने विद्यालयमा सामुदायिक विद्यालयका उच्चमावि २, क्याम्पस १७, निजी ४७, संस्थागत २ र दश जोड दुई मात्रै सञ्चालन गर्ने भनेर अनुमति लिएका २ वटा रहेका छन् ।