२३ भदौ, काठमाडौ ।

हिन्दु राष्ट्र रक्षा महाअभियानका अध्यक्ष स्वामी कमलनयनाचार्यले धर्म निरपेक्षताको पक्षमा बकालत गर्नेहरुलाई गाँउ गाँउबाट बहिस्कार गर्न आब्हान गरेका छन् ।

बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– धर्म निरपेक्षताको वकालतलाई चिनेर राखौ उनीहरुलाई पूण्य कर्ममा बहिस्कारगरौ , गाँउ गाँउमा प्रवेश निषेध गरौ । त्यस्ता नेता र दलहरुको पक्षमा मतदान नगरौ ।

Kamal Nayanacharya

कमलनयनाचार्यले सबै ओमकार परिवारलाई हिन्दु राष्ट्रको अभियानमा एक जुट हुन आब्हान गर्दै बुट र बन्दुक पडकाएर धर्म निरपेक्षतासहितको संविधान जारी गरे त्यसलाई बाहिस्कार गर्न समेत आब्हान गरे ।

उनले हिन्दु राष्ट्र विनाको संविधानजारी गरे त्यो कागजको खोस्टोमात्रै हुने भन्दै यस्तै अवस्था कायम रहे मुलुकमा धर्मयूद्ध हुने सम्भावना ब्यक्त गरे ।
हिन्दु राष्ट्र कायम हुनु पर्ने मागसहित खुल्ला मञ्चमा आमरण अनसनमा बसेका यूवाहरुले ज्यान गुमाउनु परे सरकारले नराम्रो अवस्था बेहोर्नु पर्ने चेतावनी दिदै दमन गरेर धर्म निरपेक्षता लाद्न खोजे त्यसको परिणाम राम्रो नहुने स्पष्ट पारे ।

कमलनयनाचार्यले भने–संघीयता लादेखर जातियता लाद्ने चार दलले धर्म निरपेक्षतामा कसरी सहमति गरे। जनताले यसको हिसाव खोज्ने छ ।

पत्रकार सम्मेलनमा उनले भावी आन्दोलनको कार्यक्रम पनि घोषणा गरेका थिए । घोषित आन्दोलनको कार्यक्रममा भदौ २५ गते तिनकुनेमा धर्मसभा गर्ने, भदौ २६ गते खुलामञ्चमा आमसभा गर्ने, असोज ९ गते देश विदेशका धर्मगुरुलाई बोलाएर धर्म जागरण विराट धर्म सभा गरिने छ ।

पत्रकार सम्मेलनमा नेपाली काग्रेसकी सभासद गिता बाग्लेले मुलुकमा डरलाग्दो परिस्थितिको सृजना गर्न लागेको भन्दै सबै हिन्दुहरु सडकमा आउनु पर्ने आवश्यकता रहेको बताईन । संविधानसभामा धेरै स्वार्थहरु भएको भन्दै आफूहरुलाई साथ दिन आब्हान गरिन् ।