कजाकिस्तानमा एक यस्तो गाउँ छ, जहाँ मानिस नचाहँदा नचाहदै पनि दिउँसो सुत्ने गर्छन। यसरी दिउँसो सुत्दा कहिले २-३ घण्टा मै ब्युँझने गर्छन् भने कहिले २ दिनसम्म पनि निद्राबाट ब्युँझदैनन्। कजाकिस्तानको यो गाउँको नाम कलाची हो।

kalachi-kazakhstan (4)

जब दिउँसोको निन्द्राबाट ब्युँझन्छन् तब ती व्यक्तिहरुलाई केही याद रहदैन। कोही मानिस ब्युँझेपछि भविष्यको मात्र कुरा गर्छन् भने कोही बितेका कुरा मात्र गर्छन्। ती मानिसलाई कहिले आकाशकी परी देखाइपर्छ भने कहिले भित्तामा हिडिरहेको भ्यागुतो।

kalachi-kazakhstan (2)

दिन हुनासाथ कुनै पनि समय ती मानिसहरु निदाइहाल्छन्। जतिनै उठाउने कोसिस गरेपनि त्यसरी दिउँसो निदाएका मानिस उठाउन नसकिने बताइन्छ। यस्तो अनौठो सिलसिला २०१३ को मार्चसम्म चलिरह्यो। पहिले यो गाउँमा ८१० मानिस बस्ने गर्थे, त्यो बखत करिब १४० मानिस यस्तो समस्या बाट पिडित थिए। यस्तो अनौठो घटना पश्चात मानिसहरु धमाधम गाउँ छोड्न थाले।

के भएको थियो त्यहाँ?

उक्त गाउँका मानिसहरुमा दिन सुत्ने अनि बिर्सने समस्या कसरी आयो, पत्ता लगाउनको लागि बिभिन्न अध्ययन गरियो, कति अझै जारी छ। कयौं पटक सो क्षेत्रमा कुनै रेडियशन फैलिएको छ कि भनि जाँच गरियो, तर समस्या भेटिएन।

kalachi-kazakhstan (1)

वास्तवमा त्यहाँ सोभियत संघको समयका केही त्यस्ता युरेनियम खानीहरु रहेछन्, जुनमा कार्बनमोनोअक्साइडको मात्रा निकै बढी छ। यी खानीबाट कार्बनमोनोअक्साइड पुरै गाउँमा फैलिएको रहेछ। सन् २०१५ मा प्रत्येक घरमा जाँच गरिएको थियो। त्यसको रिपोर्ट अनुसार सामान्य भन्दा १० गुणा बढी कार्बनमोअक्साइड घरभित्र पाइयो।

kalachi-kazakhstan map

अत्याधिक कार्बनमोनोअक्साइड हावामा भएकाले त्यहाँका मानिसमा यस्तो विचित्र व्यवहार देखिएको अनुमान मात्र लगाइएको थियो। पछि जमीन, हावा देखि जनावरसम्ममा गरिएको अध्ययनले पनि यहि नतिजा निकालेको कारण वैज्ञानिकहरु यहि कारणले मानिसहरुमा त्यस्तो अनौठो रोग देखिएकोमा पक्का भएका छन्।

यो पनि पढ्नुहोस्।
‘हावामा उडेको’ बच्चा: बाबुले खिचे छोराको ‘उडेको तस्बिर’
चर्चामा आउन अंग प्रदर्शन गरेपनि ‘फ्लप’ भएका ६ नायिका