१५ पुस, एजेन्सी । अंग्रेजी नया ँवर्ष शुरु हुन अब केही घण्टामात्र बाँकी छ । नयाँ वर्षमा मानिसहरुले विभिन्न आशा गरेका हुन्छन् । कतिपयले नयाँ वर्षदेखि विभिन्न कामहरुको शुरुवात गर्नेबारेमा पनि सोचेका हुन्छन् भने कुलतमा लागेकाहरुले नयाँवर्षदेखि छोड्नु भति प्रतिज्ञा समेत गर्ने गर्छन् ।

धेरैले नयाँवर्ष उल्हासमय बनाउनको लागि पार्टीहरु गर्ने गर्छन् । नयाँवर्षको अघिल्लो दिन मंगलबार परेकोले मंगलको प्रभाव एकदमै ठूूलो देखिएको छ । खासमा मंगलबारको दिन गणेशलाई समर्पित गरिन्छ । यसदिन हनुमान र गणेशको पुजा गर्ने गरिन्छ भने कतिपयले व्रत समेत राख्ने गर्छन् ।

–हिन्दु धर्मअनुसार मंगलबारको दिन मांसाहारी खानालाई पूर्णतः निधेष गरिएको छ । मंगलबार मांसाहरी खाना नखान धार्मिक ग्रन्थहरुले सुझाएका छन् ।

–मांसाहारको साथ मंगलबार मदिराबाट पनि टाढा बस्नुपर्छ । पार्टीहरुमा मानिसले यस्ता चिजहरुको प्रयोग गरिरहेका हुन्छन् । तर हिन्दु धर्म अनुसार मंगलबार मासु र रक्सी नखानु भनिन्छ ।

–मंगलबार गणेशको ब्रत बस्ने मानिसहरुले दान गर्ने गर्छन् । धार्मिक मान्यता अनुसार यीदिनदान गरेको खानेकुराहरु सोहीदिननखानु उत्तम मानिन्छ ।

–मंगलबार ऋण लिनु वा दिनुले मानिसलाई हानी पुर्याउन सक्ने धार्मिक मान्यता छ । यो दिन लिएको ऋण तिर्न गाह्रो हुन्छ भने दिएको ऋण पनि उठाउन गाह्रो हुन्छ ।