काठमाडौं ।
नाकाबन्दी खोल्ने आश्वासन पाएपछि संविधान संशोधन गर्न तयार भएका प्रधानमन्त्री केपी ओली नाका नखुल्दा तनाबमा परेका छन् । संविधान संसोधन लगत्तै भारतले दुई लाइनको विज्ञप्ती जारी गरेर संशोधन सकारात्मक भनेपनि मुख्य नाका खुल्न सकेको छैन ।
प्रधानमन्त्री निवास वालुटार स्रोतका अनुसार अझै पनि नाका खुल्न संकेत नपाउदा प्रधानमन्त्री ओली तनाबमा परेका छन् । वालुटार स्रोतले भन्यो, ‘संविधान पछि नाका खोल्ने आश्वासन आएको थियो, दुई दिन वितिसक्दा समेत पचासी आपूर्ति हुने वीरगन्ज नाका सञ्चालन नआउनु निकै गम्भीरको विषय हो ।’
संविधान संशोधन मार्फत नाकाबन्दी खुली प्रधानमन्त्री छिट्टै भारत भ्रमण गर्न तयार छन् । भ्रमणको बारेमा अध्ययन गर्नको लागि विज्ञ टोली र राजदुतलाई समेत प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन् ।
आन्तरिक तयारी भएपनि भारतले भनेकोजस्तो नाकाबन्दी सहज रुपमा नखोल्ने हो भने ओलीको भारत भ्रमण तत्कालनको लागि स्थगित हुने बताइएको छ । संविधान संशोधन गरेपनि मधेसी मोर्चाले आन्दोलनरत पक्षको कुनै पनि माग सम्बोधन नगरेको बताएको छ ।
मधेशी मोर्चाले पुराना आन्दोलनका कार्यक्रम सहित आन्दोलन ससक्त पार्ने भन्दै नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार राजधानीमा बसेको संयुक्त मोर्चाको बैठकले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आगामी माघ १८ सम्मका लागि तय गरिएका कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नेदेखि संविधान संशोधनका विषयमा राजनीतिक दल, बुद्धिजिवी व्यापारीलगायतसँग अन्तक्रिया गर्ने सम्म छन् ।
भारत विरोधी मोर्चा बनाएर भारतले समर्थन गरेको भनिएका सुशिल कोइरालाई पराजित गरेका ओलीले शुरुमै नरेन्द्र मोदीको बधाइ पाएका थिए । भारतविरोधी उम्मेद्वारकोरुपमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले शुरुमा भारतलाई आफू छिटो भन्दा छिटो भारत आउन चाहेको सन्देश पठाएको खुलासा त्यतिबेला भारतीय विदेशमन्त्रालयले गरेको पनि थियो । यद्यपी ओलीको भारत भ्रमण छिट्टै तय गरिने भन्ने भारतीय विदेशमन्त्रालयको भनाइ पुरा भएको छैन ।
आफू प्रधानमन्त्री बनेपछि पनि भारतले लगाइरहेको नाकाबन्दी नखुलेपछि भने ओली बोलीमा भारतविरुद्ध आक्रमक प्रस्तुत हुन पुगेका थिए । ओलीले सन् २०१६ को शुरुवातमै चीन भ्रमण गर्ने तय भएको भन्दै भारतीय मिडियाले परराष्ट्रमन्त्री कमल थापाको भनाइलाई विशेष महत्वका साथ समाचार सम्प्रेसण गरेका थिए । यही तरंगित माहौलकाबीच पछि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेरै ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएपछि राजनीतिक कोर्स नै बदलिने संकेत देखिएको थियो । तर अहिले आएर पुनः ओली तनावमा पर्ने अवस्था आएको छ ।
भारत जाने मनस्थितिमा रहेका ओलीले भारतीय समाचार च्यानल ‘न्युज २४’ लाइ दिएको अन्तर्वार्तामा नेपालको संविधानको विषयमा भारतमा गलत बुझाइ रहेको र भारतीय विदेशमन्त्री सुश्मा स्वराजले नेपालको संविधानमाथि पूर्ण समर्थन रहेको जानकारी दिएको खुलासा पनि गरेका थिए ।
भारतले नेपालको संसदले संविधान संशोधन गरेको घटनालाई सकारात्मक मात्र भनेको छ । तर स्वागत गरेको छैन । भारतीय विदेश मन्त्रालयले आइतबार दिउसो एक २ लाइनको वक्तव्य जारी गरेर संविधान संशोधनलाई स्वागत गर्दै अन्य विषयहरु पनि यसरी नै संवोधन गरिने विश्वास व्यक्त गरेको थियो । भारतले यस अघि संविधान संसोधन गर्ने मन्त्रीपरिषदको प्रस्तावलाई स्वागत गर्दै यसपछि नाकाबन्दी पनि अन्त्य हुने संकेत गरेको थियो । यद्यपी औपचारिकरुपमा विदेशमन्त्रालयले नाकाबन्दीका विषयमा केही बोलेको छैन ।
पछिल्लो समयमा भारत समेत नाकाबन्दी खोल्न र प्रधानमन्त्री केपी ओलीलाई चीन जानु अघि भारत लैजाने मनस्थितिमा देखिएको हो तर नेपाली राजनीतिक झनै गुजुल्टिएको देखेर भारत समेत विलखबन्दमा परिरहेको भारत मामिला जानकारहरु बताउँछन् ।
भाँडिएको वार्ता र धरापमा परेको नाकाबन्दी खोल्ने एजेण्डा
मधेशी मोर्चाद्वारा आन्दोलनको थप कार्यक्रम घोषणा
संसद बैठक स्थगित, सभामुखले ५ दलका नेतालाई बोलाइन्