१५ साउन, एजेन्सी।
स्वीडेनका नागरिकहरुको यौन जीवन (सेक्स लाइफ) सरकारले निगरानी गर्ने भएको छ । स्वीडेन सरकारले तीन वर्षका लागि आम नागरिकको यौन जीवन अध्ययन गर्ने घोषणा गरेको हो ।
स्वीडेनका नागरिकहरुमा सेक्सप्रतिको रुची घट्दै गएको र निकै कम मात्र सेक्स गर्छन् भन्ने तथ्य एक सर्वेक्षणले सार्वजनिक गरेपछि सरकार यस्तो निश्कर्षमा पुगेको हो । स्वीडेनका स्वास्थ्य मन्त्री गेब्रियल विकस्ट्रमले सर्वेक्षण सही हो वा होइन भनि अध्ययन गर्नुपर्ने र यदि सही सावित भए त्यसको कारण खोज्नुपर्ने बताए ।
आखिर सेक्सको कति मात्रा उचित हुन्छ?
यो विषयको अध्ययन स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले गर्ने र यसको रिपोर्ट जुन २०१९ मा आउने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । स्वास्थ्य मन्त्री गेब्रियलले यौन स्वास्थ्य नीतिमा यौन रोग, अनिच्छित गर्भधारण वा बलात्कारजस्ता समास्या मात्रै नभई यौन सुख सँग जोडिएको विषयलाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।
उनले सेक्सप्रति मानिसहरुको दृष्टिकोण परिवर्तन गर्नु जरुरी रहेको पनि जोड दिएका छन् ।