“यो त सुरुवात मात्रै हो!!”

सन् २०१५ जुलाई १४को दिनमा नासाको न्यू होराइजन्स अन्तरिक्षयानले ब्रह्माण्डको एक्लो ग्रह प्लुटोमा ऐतिहासिक कदम चाल्नेछ र हाम्रो सामुन्ने त्यो चीसो ग्रहको बारेमा पर्दाफास गर्नेछ।

९ वर्षभन्दा बढीको लामो यात्रापछि न्यू होराइजन्स अन्तरिक्षयान गत हप्ताको भन्दा नजिक पुगेको छ र अब केवल ४ हप्ता अथवा ३ करोड २० लाख किलोमिटरको दुरी मात्र बाँकी छ। यो हप्ता नासाले प्लुटोको चल्ने तस्विर पठाएको छ, यो तस्विरमा प्लुटो र यसको उपग्रह क्यारन (Charon) को हलुका रङ्गिन रङ्ग देखिएको छ। यसरी प्लुटोको रङ्गिन तस्विर पहिलो चोटि खिचिएको हो र यो हेर्दा त्यति महत्वपूर्ण नलाग्न सक्छ तर विश्वास गर्नुहोस्, यसले धेरै महत्व बोकेको हुन्छ।

colour-pluto_1024

यो तस्विर अन्तरिक्षयानको बाहिरी भागमा जडान गरिएको ‘मल्टिकलर भिजिबल इमेजिङ्ग क्यामेरा’ (Multicolor Visible Imaging Camera) ले खिचेको हो। उक्त तस्विर मे २९ र जुन ३ को बीचको कुनै दिनमा खिचिएको नासाका वैज्ञानिकहरूले बताएका छन्। त्यतिबेला न्यू होराइजन्स प्लुटोबाट करिब ५ करोड किलोमिटरको दुरीमा रहेको थियो।

download-plut

“यो रङ्गिन तस्विर नै हो किनभने ती रङ्गहरू हलुका सुन्तला रङ्ग र खैरो रङ्ग हुन् र यो तस्विर अन्तरिक्षयानकै क्यामेराले खिचेको हो। तर साना पिक्सेलले मात्रै बनेको यो तस्विरको कारणले गर्दा प्लुटोको वास्तविक रङ्ग देख्न नसकिएको हो। त्यसको लागि हामी कुर्न बाहेक अरू गर्न सक्दैनौँ।”- नासाको वैज्ञानिकले भने।

“यसरी प्लुटो र क्यारन घुमेको देख्दा रोचक लाग्छ”, नासाको मूख्य अनुसन्धानकर्ता एलन स्टर्नले भने- “यस्तो नराम्रो गुणस्तरको तस्विरमा पनि हामी प्रष्टैसँग प्लुटोको र क्यारनको रङ्गको भिन्नता छुट्याउन सक्छौँ। प्लुटो हलुका सुन्तला रङ्गको छ भने क्यारन खैरो रङ्गको छ। तर प्रश्नको कुरा के हो भन्दा यी दुवैको रङ्ग किन भिन्न भिन्न छ?”

यो पनि हेर्नुहोस्-

नासाको अन्तरिक्षयान यममा पुग्न अब २७ दिन बाँकी