हेडलाइन्स वाच । ६ असोज, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणडले आफूलाई पार्टी भित्रैबाट असफल पार्ने षडयन्त्र भैरहेको गुनासो गरेका छन् । आफू निकटका सीमित नेताहरुलाई बालुवाटार बोलाएर पार्टी भित्र आफू विरुद्ध विभिन्न तरिकाले मोर्चाबन्दी भैरहेको र आफूलाई काम गर्न कठिन हुन थालेको गुनासो गरेका हुन् । पछिल्ला केही घटना क्रममा पार्टी भित्रैका ब्यक्तिले गोप्य कुरा बाहिर ल्याउने देखि सार्वजनिकरुपमा उछितो काड्ने सम्मका घटना भएपछि प्रचण्डले यस्तो गुनासो गरेका हुन् ।
पाकिस्तानको जवाफः मोदीको दिमागको शल्यक्रिया गर्नु पर्छ
केही नेताहरुलाई बालुवाटार बोलाएर प्रचण्डले अख्तियार प्रमुख भेटेको विषयमा आफू निकटमा नेताहरुले नै बेइमानी गरेर मिडियामा कुरा पुर्याएको, संगठनमा बादलले असहयोग गर्न खोजेको र नारायणकाजीले सार्वजनिकरुपमा नै प्रधानमन्त्रीको आलोचना गरेका कारण एमालेलाई फाइदा पुगेको गुनासो गरेको त्यहाँ उपस्थित एक नेताले हेडलाइन्सलाई जानकारी दिए ।
फाइल तस्विर
गोप्य कुरा मिडियामाः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको भनिएको अनियमितताबारे छानविन गर्ने घोषणा गरे लगत्तै प्रचण्डले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बालुवाटार बोलाएर यस विषयमा बुझेका थिए । प्रचण्डले लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउने प्रतिबद्धता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले व्यक्त गरेको पार्टी बैठकमा बोलाएको भन्दै सञ्चार माध्यममा समाचार आएको थियो । एमालेको उक्साहटमा अख्तियारले छानविन गर्न खोजेको भन्दै प्रचण्डले कार्कीसंग कुरा भइसकेको बैठकमा बताएको भन्दै मिडियामा कुरा आएपछि प्रचण्ड अफ्ठेरोमा परेका छन् । माओवादी लडाकुहरुको शिविरमा झण्डै साढे ४ अर्ब रकमको अनियमिता भएको दाबी सहित परेको उजुरीमाथि अख्तियारले छानविन गर्न खोजेपछि प्रचण्डले त्यसलाई रोक्न दवाव दिएको भन्दै मिडियामा आएको थियो । आफ्नै नेताहरुले यो भेटघाटबारे मिडिया प्रचारबाजी गरिदिएपछि आफू कमजोर बनेको गुनासो प्रचण्डले आफू निकट नेताहरुसँग गरेका थिए ।
प्रचण्डलाई तनावः चीनले सोध्यो जवाफ दिनै नसक्ने प्रश्न
त्यसैगरी नयाँ दिल्लीमा कैलाली घटनाका फरार अभियुक्त रेशम चौधरी भेटेको भन्दै तस्विर लिक गरिदिने पनि आफ्नै साथीभाइको काम भएको भन्दै पार्टीबाटै प्रधानमन्त्रीको बदनाम गर्न खोजिएको प्रचण्डको बुझाइ छ ।
रेशम चौधरीलाई भेटेको भन्दै प्रचण्डको विषयमा मिडियामा हेडलाइन समाचार बनेपछि उनको सचिवालयले यो भेट कुनै योजना अनुसार नभएको र भिडभाडमा संयोगबस भएको भन्दै खण्डन गरेको थियो । यी २ विषयमा पार्टी नेताहरुले गोप्यता भंग गरिदिएका कारण आफूलाई असहज भएको प्रचण्डले गुनासो गरेका छन् ।
नारायणकाजीले विरोध गर्दा एमालेलाई फाइदा
प्रचण्डले आफू निकट नेताहरुसँग पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो भारत भ्रमणबारे सार्वजनिकरुपमा नकारात्मक टिका टिप्पणी गरेका कारण आफूलाई नैतिकरुपमा कमजोर पार्न खोजिएको महसुस भएको बताएका थिए । प्रचण्ड भारत भ्रमणमा जानु अघी र फर्केपछि पनि नारायणकाजीले नकारात्मक टिप्पणी गरेका थिए ।
नारायणकाजी श्रेष्ठले आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण औपचारिकतामा सीमित रहेको टिप्पणी गरेका थिए । राजकीय भनिए पनि दाहालको भ्रमण ‘सद्भाव’ को तहमा मात्रै खुम्चेको भन्दै सर्वजनिक टिप्पणी गरेका उनले भनेका थिए ‘यो भ्रमणमा भारतले कम्तिमा संविधानको स्वागत गरेको हेर्ने चाहाना जनताको थियो यसपटकको भ्रमणमा त्यो आशा पूरा भएन।’ नारायणकाजीको सार्वजनिक टिप्पणीले आफूलाई अफ्ठेरो पारेको र विपक्षी एमालेलाई आलोचनाको मसला बनेको भन्दै प्रचण्डले नारायणकाजीको ब्यवहारप्रति गम्भिर असन्तुष्टि जनाएका छन् ।
संगठनमा बादलका कारण अफठ्यारो
नेकपा माओवादी केन्द्रमा संगठन विभाग प्रमुखको जिम्मेवारी पार्टी एकिकरणपछि भित्रिएका रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । बादललाई संगठन विभागको इन्चार्ज सुम्पिएका प्रचण्डलाई अहिले बादल पक्षबाटै आफूलाई असहयोग हुन थालेको महसुस भैरहेको छ । आफू सरकार चलाउन ब्यस्त हुँदा बादलले पार्टी संगठनमा आफू विरुद्ध माहौल बनाउन खोजेको गुनासो प्रचण्डले गरेका छन् । रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ र मणि थापालगायतले भारत भ्रमणमा हुनसक्ने सम्झौताले पार्टीको भविष्यमा हानि हुनसक्ने भन्दै प्रचण्ड भारत जानु अघी नै ध्यानाकर्षण गराएको चर्चा सञ्चार माध्यममा आएको थियो ।
प्रचण्ड भारत जानु अघि आयोजित अनौपचारिक छलफलमा बादलले प्रधानमन्त्रीले बुद्धि बिगारेको खण्डमा पार्टी सखाप हुने चेतावनी दिएका थिए । ‘भारत पुगेपछि तपाईंको बुद्धि नबिग्रियोस्, नेपालको हितविपरीत कुनै पनि सम्झौता गर्नुभयो भने पार्टी सखाप हुन्छ, बुद्धि पुर्याउनुहोला, नभएर पार्टी सकिन्छ, पार्टी सकिएपछि हामी पनि सकिन्छौँ’ थापाले प्रचण्डलाई चेतावनी दिँदै भनेका थिए । स्रोतका अनुसार नेता थापा प्रचण्डसँग निकैबेर कड्किएका थिए । भारत जानु अघी देखि नै आफूलाई पार्टीमा भारत परस्त पुष्टि गरेर बदनाम गर्न खोजिएको भन्दै प्रचण्डले संगठनभित्रै पनि असहयोग हुन थालेको गुनासो आफू निकट नेताहरुसँग गरेका थिए ।
युद्ध भड्किदै: पाकिस्तानमै घुसेर भारतले उरीको जवाफ दियो
पार्टीको प्रधानमन्त्री बन्दा सरकारलाई सफल पार्नु पर्नेमा आफूले विश्वास गरेका नेताहरु आफ्नै बदनाम गर्न र असफल पार्न पार्टीभित्रै मोर्चाबन्दीमा उत्रिएको भन्दै प्रचण्डले यसको समाधानमा आफूलाई सघाउन निकट नेताहरुलाई आग्रह समेत गरेको श्रोतले बताएको छ ।