२ मंसिर, एजेन्सी ।

बलिउड अभिनेत्री सोनम कपुरलाई फिल्म ‘निरजा’ का लागि ‘एशिया भिजन मुभी अवार्ड’ बाट सम्मानित गरिने भएको छ ।

sonam-kapoor

सोनमलाई ‘बेष्ट एक्ट्रेस’ को यो अवार्ड शुक्रबार शारजाहको क्रिकेट स्टेडियममा आयोजित एक समारोहमा दिइने छ ।

यो चलचित्रमा सोनमले ‘पैम एम’ जहाजको इयरहोस्टेज नीरजा भनोटको पात्रको भूमिका निभाएकी थिइन् । यो फिल्ममा सोनमले गरेको अभिनयको दर्शकले पनि निकै सराहना गरेका थिए भने फिल्म हिटसमेत भएको थियो ।

सोनमलाई मेलवर्नमा भएको इण्डियन फिल्म महोत्सवमा पनि उत्कृष्ट अभिनेत्रीको रुपमा सम्मान गरिएको थियो । यस्तै यसै वर्ष भएको ‘हेल्लो हल अफ फेम’ मा पनि उनलाई ‘क्रिटिक्स च्वाइस अवार्ड’ बाट सम्मानित गरिएको थियो । सोनम चाडै ‘वीरे दी वेडिङ’मा समेत देखा पर्दैछिन् ।