१५ मंसिर, काठमाडौं ।

जारी मधेश आन्दोलनको टुङ्गो लगाउन भोली मंसिर १६ मा निर्णायक वार्ताको तयारी चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ‌ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दल कांग्रेसका सभापति सुशील कोइराला समेत वार्तालाई निर्णायक बनाउन भन्दै सक्रिय भएका छन् ।

Madhesi  Morcha Press Conference

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अगाडि सारेको ११ बुँदे मागका बारेमा छलफल गर्नको लागि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक बोलाएका छन् भने एमाओवादीले दिउसो दुई बजेबाट केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि मधेसी मोर्चाले अगाडि सारेको ११ बुँदे प्रस्तावको बारमा धारणा बनाउनको लागि पदाधिकारीको बैठक बोलाएको छ । कोइराला निवास महारागन्जमा पदाधिकारी बैठक बस्न लागेको हो ।

यी हुन् भारतीय राजदुतलाई निकाला गर्न माग गर्ने साहसी सांसद

मधेशी मोर्चाले निर्णायक वार्ता र सहमतिका लागि भन्दै सत्तारुढ र विपक्षी दललाई आफ्नो बटमलाइन बारे जानकारी गराएको छ । श्रोतका अनुसार मोर्चाले मधेशमा पर्ने पर्सादेखि सप्तरीसम्म र नवलपरासीदेखि बर्दियासम्म गरी कम्तिमा दुईवटा प्रदेश मधेशमा आधारित हुनु पर्ने शर्त अघि सारेको छ ।

Morcha meeting - Laxman lal karna

प्रचण्डले अघि सारेको यस अघीको प्रस्तावसँग मिल्दो जुल्दो शर्त अघि सार्दै मोर्चाले विवादित जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली, कंचनपुरको के कति भूभाग कुन प्रदेशमा राख्ने सम्बन्धमा सैद्धान्तिक आधार बनाएर राजनीतिक संयन्त्रबाट टुंगो लगाउन सकिने बताएको छ ।

भारतीय मिडिया लेख्छ- मोदीलाई देखेर अन्त्यमा हाँस्ने चीन हुने छ

प्रचण्डले विवादित जिल्लाको सिमा टुंगो लगाउने जिम्मा संघीय आयोगलाई दिने, निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशीको प्रतिनिधित्वसम्बन्धी विधेयकलाई मधेसी मोर्चासमेतको सहमतिमा अघि बढाउने, तराईमा दुई प्रदेश रहने गरी सिमांकनको विषयलाई टुंगाउने गरी मोर्चासहितको सर्वदलीय संयन्त्र बनाउने प्रस्ताव अघि सारेका थिए छन् ।

मोर्चाले पछिल्लो पटक अघी सारेको प्रस्तावबारे तीन दलले संयुक्त धारणा बनाउने प्रयास जारी छ ।