७ जेठ, काठमाडौं ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पत्तासाफ भएपछि राप्रपाका अध्यक्ष कमल थापाले आकस्मिक बैठक बोलाएका छन् ।

थापाले सोमवार केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, संविधान संशोधनले पार्ने दूरगामी प्रभावका बारेमा पनि छलफल गर्ने तयारी गरेको राप्रपाका एक नेताले बताए ।

राप्रपाले निर्वाचनमा तालमेल गरेको स्थानमा एमालेले धोका दिएको आरोप लगाएको छ ।

यो पढ्नुस्।

प्रचण्डलाई सरकार नछोड्न ओलीको प्रस्ताव

रञ्जु दर्शनाको सोच्दै नसोचेको परिणाम