५ चैत, काठमाडौं ।

राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आयोगकै कारण स्थानीय चुनावको वातावरण बिग्रन सक्ने चेतावनी दिएका छन् ।

राप्रपाको चुनाव चिन्ह ‘गाई’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा उपप्रधान एवं स्थानीयविकासमन्त्री समेत रहेका थापाले निर्वाचन आयोगको निर्णय संविधान विपरित भएको बताए ।

 आयोगको निर्णय विरुद्ध राप्रपा, संवैधानिक उपचार खोज्ने

संविधान विपरित भएको भन्दै राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्रसम्वन्धी व्यवस्था हटाएपछि अध्यक्ष थापा आयोग प्रति आक्रोशित भएका हुन् । उनले आयोगले आफ्नो निर्णय नसच्याए उपप्रधानमन्त्री पदबाट राजीनामा दिएर सडकमा जाने चेतावनी दिए ।

कुनै पनि पार्टीका लागि उसको विचार र सिद्धान्त प्राणः भएको भन्दै थापाले यसलाई हटाउने निर्वाचन आयोगको निर्णय स्वीकार्य नहुने बताए ।

यो विषय राप्रपाको मात्र नभएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरे ।

राप्रपाको विधानबाट ‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हट्यो

उनले चुनावमा जाँदा दलहरुले बोक्ने एजेण्डा निर्वाचन आयोगले नभई दल स्वयंमले तय गर्ने उल्ेलख गरे । राप्रपाले अहिले नै आवेशमा कुनै निर्णय नगर्ने भन्दै थापाले बैधानिक बाटोबाट अघि बढ्ने बताए ।