४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच भएको बैठक सकिएको छ ।

फाइल फाेटाे

प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकमा दुई दलबीच शान्ति प्रक्रियाका बाँकी कार्यभार छिटो सम्पन्न गर्ने विषयमा समझदारी बनेको बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतको आदेश अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकका विभिन्न पक्षमा छलफल गरी छिटो संसदमा अघि बढाउन दुवै दल सहमति भएको उनले बताए । त्यस्तै संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार पूरा गर्नका लागि

संसदबाट छिटो टुंगो लगाउने सहमति, संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार पूरा गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगमा अध्यक्ष र सदस्यहरु नियुक्तीको प्रक्रिया पनि तत्काल अघि बढाइने समझदारी भएको छ । दुवै आयोगमा पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्न समिति गठन भएकाले छिट्टै समितिले नाम दिने विश्वास दुवै दलले गरेका छन् ।