२४ कात्तिक, काठमाडौं ।
भूकम्पको समयमा नेपाल आएको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटना हुनुको मुख्य कारण डाइरेक्ट र छोंटो रुट प्रयोग गर्नु रहेको निष्कर्ष अमेरिकी नौसेनालले निकालेको मरिन कर्पस् टाइम्सले जनाएको छ ।
हेलिकोप्टर चालक दलले भूकम्पमा परेर घाइते भएका १३ जनालाई छिटो गन्त्ब्यमा पुर्याउनका लागि छोंटो बाटो रोज्दा दुर्घटना हुन पुगेको उक्त समाचारमा जनाइएको छ ।
हेलिकोप्टरका चालकले नेपालको हवाइ रुट थाहा नपाएको र अपरिचित रुटबाट छिटो आउन खोज्दा कन्ट्रोल गुमेको अमेरिकी नौसेनाको निष्कर्ष छ ।
जापानको ओकिनावास्थित अखडामा रहेको अमेरिकी नौसेनाका अधिकारीले जारी गरेको विज्ञप्तिमा हेलिकोप्टर अप्रत्यासित मौषममा बादलमा हराएको र रुट परिवर्तन गर्न खोज्दा जमिनमा ठोक्किन पुगेको समाचारमा उल्लेख छ ।
दुर्घटनामा अमेरिकी नौसेनाका ६ जना मारिएका थिए । २ नेपाली सेना र ५ जना घाइते समेत उक्त हेलिकोप्टरमा थिए ।
त्यतिबेला अमेरिकी हेलिकोप्टरलाई चीनबाट गोली हानेर खसालिएको भन्ने जस्ता चर्चा समेत चलेका थिए । दुर्घटनाको धेरै दिन सम्म हेलिकोप्टर पत्ता नलागेपछि अनेक अडकलवाजी भएका थिए ।
