काठमाडौं ।
भारतको एक चर्चित दैनिक पत्रिकाका सम्पादकले भारतीय प्रधानमन्त्री मोदीको नेपाल रबैया असफलताको परिचायक भएको र यसले उनलाई पश्चाताप बाहेक केही हात नलाग्ने प्रक्षेपण गरेका छन् ।
इण्डियन एक्सप्रेसमा प्रवीण स्वामीको लेख हेर्न यहाँ क्लिक गर्नुस्
भारत नेपाल सम्बन्धमा आएका उतार चढावको फेररिस्त प्रस्तुत गर्दै इण्डियन एक्सप्रेसमा सम्पादक प्रवीण स्वामीले भारतको पछिल्लो ब्यवहारले नेपाललाई भन्दा सयौं गुणा घाटा भारतलाई भएको बताएका छन् । सांस्कृतिक देखि सभ्यताका हिसावले समेत सबैभन्दा निकट रहेको र खुला सिमाना भएको नेपालमाथि भारतले देखाएको ठूल्दाइ प्रवृत्ति स्वीकार्य हुन नसक्ने र भारतकै कारण चीनको उपस्थिति नेपालमा बलियो बन्दै गएको उनको भनाइ छ ।
सम्पादक प्रवीण स्वामीले मोदी सरकारको नेपाल नीतिलाई म्याद गुज्रेको औषधीको सज्ञा समेत दिएका छन् । पुरातन ब्यवहारमा आधारित नेपालमाथिको हेपाहा भारतीय ब्यवहारले भारतलाई नै घाटा गरिरहेको भन्दै उनले यस्ता ब्यवहारले नेपालसँग सीमा जोडिएका बिहार र उत्तर प्रदेश जस्ता राज्यमा झनै नकारात्मक प्रभाव पर्ने उनको प्रक्षेपण छ ।
भारतले नेपालमाथि नाकाबन्दी लगायतका ब्यवहारले मधेशी, थारु र जनजातिका केही हिस्सालाई खुसी पार्न सकेको भएपनि ठूलो हिस्सा भारतसँग क्रुद्ध रहेको र यसलाई पुनः सामान्य अवस्थामा ल्याउन निक्कै कठिन रहेको सम्पादक स्वामीले लेखेका छन् ।
भारतीय नेताको टिप्पणी – मोदीले नेपालमा हारे !
जतिसुकै निकट र कमजोर भएपनि नेपालको सार्भमिकतालाई भारतले सम्मान गर्नु पर्ने र आफ्नो भाग्यको फैसला आफै गर्न दिनु पर्ने सम्पादक स्वामीको तर्क छ । मोदीले छिमेकी प्राथमिक नीति प्रतिपादन गरेको दावी गरेपनि भूकम्पको समयमा सहयोग गरेर कमाएको साख पनि नेपालबाट मोदी सरकारले नै मेटाएको उनको भनाइ छ ।
भारतसँग सम्बन्ध असहज भएको समयमा चीनले नेपाललाई ठूलो मद्धत गर्ने गरेको ऐतिहासिक चरित्रबारे लेख्दै उनले चीनले नेपाल सम्मको सडक मार्ग खोलिदिएपछि तत्कालीन राजा महेन्द्रसँग चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक तथा राष्ट्रपति माओत्सेतुङले अव भारतले नेपाललाई अलि बढी सम्मान गर्छ भनेको स्मरण समेत गराएका छन् ।
अमेरिकामा पढाउने प्रोफेसर लेख्छन्ः मोदीको सबैभन्दा ठूलो असफलता विदेश नीति
मधेश आन्दोलनको नाममा भारतीय ब्यवहारकै कारण नेपालमा चीनको पक्षमा रहेकाहरु बलियो बन्दै गएको र ल्हासा देखि काठमाडौं सम्म रेल आउन अझै द्रुत गतिमा काम हुने सम्भावना बढेको उनको भनाइ छ । भारतले सिक्किमलाई भारतमा गाभेपछि तत्कालीन राजा बिरेन्द्रले चीनबाट आउने सहयोगलाई भारतकै हाराहारीमै पुर्याएको स्मरण गराउँदै सम्पादक स्वामीले तत्कालीन भारतीय प्रधानमन्त्री राजिव गान्धीले नेपालमाथि नाकाबन्दी गर्ने कदमले नेपाल र चीनबीच राजमार्ग बन्ने अवस्था सृजना भएको समेत उनले उल्लेख गरेका छन् ।
यस अघि भारतका चर्चित कुटनीतिज्ञ, पत्रकार तथा अन्तराष्ट्रिय विश्लेषकले समेत मोदीको नेपाल नीतिको ब्यापक आलोचना गरिसकेका छन् । केही दिन अघि मात्र भारतका पूर्वमन्त्री तथा राष्ट्रसंघका उपमहासचिव भैसकेका शशी थरुरले मोदीले नेपालमा अमेरिकाले चीनमा भोगेको नियती भोग्ने प्रक्षेपण गरेका थिए ।
शशी थरुर भन्छन्- अमेरिकाले चीनमा भोगेको नियती मोदीले नेपालमा भोग्छन् (भिडियो सहित)
शशी थरुरले भारतीय नाकाबन्दीले नेपाललाई चरम संकटमा पुर्याएको र भारतविरुद्ध उग्र भावना पैदा गरेको, भारतले प्रधानमन्त्री कोइरालालाई पुनः उम्मेदवार बन्दा समर्थन गरेर गलत घोडामा दाउ लगाएको, केपी ओलीलाई चिढाएर भारत विरोधी बनाएको, नेपालले संविधान बनाउँदा भारतले क्षेत्रीय शक्तिको जस्तो नभएर निम्छरो ब्यवहार देखाएको निष्कर्ष नकालेका छन् ।