१९ मंसिर, काठमाडौं । राजधानीमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ ।

२ सय मिटर फ्रिस्टाइलमा नेपालकी गौरिका सिंहले स्वणपदक हात पारेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् । गौरिकाले भारतकी सुभांगी सिंहलाई २ सकेण्डले पछि पार्दै स्वर्ण हात पारेकी हुन्।

गौरिकाको यो स्वर्ण पौडीतर्फ नेपालले जितेको पहिलो स्वर्ण हो । यसअघि पौडीमा नेपालले स्वर्णपदक हात पार्न सकेको थिएन । यस्तै गाैरिकाकाे व्यक्तिगत पनि याे पहिलाे स्वर्ण हाे ।

यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । गौरिकाले भने २०१६ को सागमा रजत पदक जितेकी थिइन् ।

गौरिकाको स्वर्णसहित नेपाल ३३ स्वर्णसहित ८४ पदक पाएर तालिकाको दोश्रो स्थानमा छ । भारत भने ४० स्वर्णसहित ८६ पदक जितेर पहिलो स्थानमा छ ।