१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा पहिलो दिन १५ वटा स्वर्णपद जितेको आयोजक नेपालले आज थप ८ स्वर्ण जितेको छ । नेपालले उसु, कराते, एथलेटिक्स, तेक्वान्दो, दुवाथलनतर्फ स्वर्ण पदक जितकेो हो ।

उसुमा बिजय सिञ्जाली र सुस्मिता तामाङ, करातेमा सुनिता महर्जन, तेक्वान्दोमा काजोल श्रेष्ठ, १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ, पुरुष करातेतर्फ ६७ केजी तौल समूहमा नवीन रसाइलीले स्वर्णपदक जिते ।

नेपाल २३ स्वर्ण, ९ रजत र १२ कास्यसहित कूल ४४ पदकसहित पदकतालिकाको शीर्ष स्थानमा रहेको छ । १२ स्वर्ण १२ रजत र ९ कास्यसहित भारतले कूल ३३ पदकका साथ नेपाललाई पछ्याइरहेको छ । श्रीलंका ५ स्वर्ण, १४ रजत र २७ काश्यका साथ कूल ४६ पदकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । भुटानले भने अहिलेसम्म ३ वटा काश्यपदक मात्रै जितेको छ ।