८ मंसिर, काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ सुविधा दिने जनाएको छ । टेलिकमले जीएसएम पोस्टपेड सेवाका ग्राहकहरुले आवश्यक संख्यामा Close User Group (CUG) अन्तर्गत सस्तो शुल्कमा कल गर्न सकिने जनाएको छ ।

टेलिकमको सूचनाः

नेपाल टेलिकमले GSM Postpaid सेवाका ग्राहकहरुले आवश्यक संख्यामा Close User Group (CUG) निर्माण गरेमा उक्त ग्रुपमा आवद्ध ग्राहकहरुलाई आगामी मंसिर १० गतेदेखि Voice Call मा निम्न अनुसारको महसुल दर मात्र लाग्ने व्यवस्था गरेको छ

S. N. Number of users in CUG Category Paisa per minute
1 50-100 Small 50
2. 101-200 Medium 45
3. 201-500 Large 40
• ५० देखि १०० जना ग्राहकको CUG निर्माण गरेमा सो समूह भित्रका ग्राहकले एक अर्कामा ५० पैसा, १०१ देखि २०० जना ग्राहक भएमा ४५ पैसा र २०१ देखि ५०० जना ग्राहक भएमा ४० पैसा प्रति मिनेटमा कल गर्न सकिनेछ ।
• माथि उल्लेखित महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन ।
• Close User Group (CUG) सुविधा लिन चाहने कर्पोरेट समूहले ग्रुपमा राख्न चाहने ग्राहकको नामावली र अन्य कागजातसहित उपत्यकाको लागि मोबाइल सेवा निर्देशनालय पुल्चोक र उपत्यका वाहिरका लागि सम्बन्धित क्षेत्रीय निर्देशनालयमा सम्पर्क गर्नुपर्नेछ ।
• GSM Postpaid सेवाका ग्राहकहरुले मासिक रुपमा तिर्नु पर्ने न्युनतम महसुल रु. ३००।– भित्र नै यो सुविधा पनि उपभोग गर्न सक्नेछन् ।
• Subscription शुल्क ः निःशुल्क । यो सेवा Activate गर्नका लागि कुनै शुल्क लाग्दैन ।