३० बैशाख, काठमाडौं ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद निशिकान्त दुवेले नेपाल भारतका लागि कश्मिर जस्तै भएको टिप्पणी गरेका छन् ।

नेपाल र भारतबीचको सीमामा तार बार लगाउनु पर्ने धारणा संसदमा राखेका दुवेले नेपाल पनि कश्मिर जस्तै भएको टिप्पणी गरेका हुन् ।

nishikanta Dube

इण्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा सांसद दुवेले नेपालमा पनि भारत विरोधी भावना बढेर कश्मिर जस्तै हुन लागेको भनेका छन् ।

आन्दोलन चर्काउन मोर्चालाई भारतीय दुताबासको सुझाव

नेपालसँगको खुला सीमानामा कारण चीन, पाकिस्तान जस्ता देशका गुप्तचरहरुले बाटो पाएको र नेपालका कारण भारत असुरक्षित बनेको उनको दावी छ ।

Nishikanta Dube Interview on Nepal

गान्धीहरुले नेपालसँगको सम्बन्ध विगारको दावी गर्दै दुवेले राजिव गान्धी देखि जवार लाल नेहरु सम्मले नेपालमाथि अविश्वास बढाएको आरोप लगाएका छन् ।

मोदीले नेपालसँग सम्बन्ध विगारेको आरोप छ नि भन्ने प्रश्नमा सांसद दुवेले मोदीले नेपालसँग विग्रेको सम्बन्ध सुधार गरेको दावी गर्दै वर्षौं देखि विग्रेको सम्बन्ध सुधार गर्न समय लाग्ने भनेका छन् ।

चीनबाट काठमाडौंको लागि गुड्यो रेल, १० दिनमा ८६ कार्गो काठमाडौँ आइपुग्ने

उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालमा राजनीतिक अस्थिरता पैदा गरेको भन्दै लगाएको आरोपको पनि खण्डन गरेका छन् ।

कान्तिपुरको समाचारप्रति भारतीय दुतबासको आपत्ति

बुधबारको लोकसभा बैठकमा बोल्दै दुबेले नेपालले चीनको आडमा भारतलाई धम्क्याइरहेको आरोप लगाएका लगाएका थिए ।