१३ फागुन, काठमाडौं ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि संयुक्त विज्ञप्ति जारी नभएको विषयमा नेपालका मात्र होइन भारतीय सञ्चार माध्यमले पनि बहसको विषय बनाएका छन् ।
प्रधानमन्त्री केपी ओली ६ दिने राजकीय भारत भ्रमण सकेर स्वदेश फर्केर भ्रमण निकै सफल भएको दाबी गरेपनि संयुक्त बक्तब्य जारी हुन नसकेपछि भारतको असन्तुष्टिबारे चर्चा शुरु भएका हुन् ।

नेपालका कूटनीतिज्ञहरुले अन्तिम समयसम्म लविङ गर्दा पनि त्यो बक्तब्य नआएपछि ओली निराश भएको बताइन्छ ।
ओलीको भ्रमणबारे सुष्मा स्वराजले मुख खोलिन्
ओबामाले नेपालीलाई लगाए ठूलो गुनः यस्तो सुविधा पाउने पहिलो देश
ओलीलाई भारतले यसरी देखाइदियो औकात
ओलीको भारत भ्रमण पूर्व भारतका अपेक्षाबारे समाचार प्रकाशित गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले ओलीले जतिसुकै असमझदारी हटेको भनेपनि भारतले नेपालको संविधानमा मधेशीहरुको असन्तुष्टि सम्बोधन हुनु पर्ने दवाव दिएको भनेको छ ।
राजकीय भ्रमणमा सम्मानको कुनै कमि नभएपनि भारतले नेपालको संविधानलाई स्वागत गर्दा शर्त राखेर गरेको उक्त पत्रिकाको भनाइ छ ।
नेपालको संविधानकै विषयका कारण ओली र मोदीले हस्ताक्षर गरेको संयुक्त बक्तब्य आउन नसेको उक्त पत्रिकाका नेपाली पत्रकार प्रशान्त झाको बाइलाइन समाचारमा उल्लेख छ ।
हिन्दुस्तान टाइम्सले ओली भ्रमणको पूर्वसन्ध्यामा ओलीलाई भारतले स्वागत गरेपनि ओलीबाट खोजेको कुरा भुल्न नहुने भन्दै हेडलाइन समाचार बनाएको थियो ।
उक्त पत्रिकाले प्रदेशहरुको सिमाना हेरफेर र परिमार्जन गरिने, सिमांकन हेरफेर गर्दा तराइ मधेसमा भइरहेको आन्दोलनको मागलाई ध्यान दिइने, ३ सिमांकन हेरफेर राजनैतिक समिती बनाएर दलहरुको सहमति आधारमा तीन महिना भित्र गरिने, ४ नगरिकताको विषयमा देखिएको अस्पष्टता हल गरिने भन्ने नेपाली प्रस्तावको बुँदाका सबै कुरा पुरा नभएका कारण ओलीलाई गरिएको स्वागतपछि पनि यी कुरा भुल्न नहुने हिन्दुस्तान टाइम्सको सारांस थियो । जुन कुरा साँचो सावित भएको देखिएको छ ।