१ मंसिर, एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको फोन न्युजिल्याण्डका प्रधानमन्त्री जोन की ले नउठाएको अमेरिकी समाचार एजेन्सी एपीले जनाएको छ । न्यूजिल्याण्डमा भूकम्प गएपछि त्यसबारे समवेदना प्रकट गर्न ट्रम्पले गरेको फोन प्रधानमन्त्री जोनले नउठाएको समाचारमा जनाइएको छ ।

चीनलाई उत्तर कोरियाको अनुरोध-हाम्रा नेतालाई ‘मोटे’ नभन

पहिलो पटक फोन नउठेपछि ट्रम्पले केही अपमानित महसुस गरेका थिए । यही कारण उनको न्यूजिल्याण्डसँगको सम्बन्ध विग्रन भने पाएन ।

निक्कै हटी स्वभावका लाग्ने ट्रम्पले मंगलबार विहान पुनः जोन कीलाई फोन गरेको बताइएको छ । न्यूजिल्याण्डको प्रधानमन्त्री कार्यालयले दुई नेताबीच सौहार्द्धपूर्ण कुराकानी भएको जनाएको छ ।

trump-phone

२ दिन अघी भूकम्प आए लगत्तै ट्रम्पले न्यूजिल्याण्डका प्रधानमन्त्रीलाई फोन गरेका थिए । तर उनको फोन नउठेपछि ट्रम्पले पुनः फोन गरेका हुन् । न्यूजिल्याण्डका प्रधानमन्त्रीले ट्रम्पलाई राष्ट्रपतिमा चुनिएकोमा बधाइ समेत भनेको समाचारमा जनाइएको छ ।

शरीरको यी ८ भागमा कोठी छ भने तपाइँको हातमा पैसा टिक्दैन

न्युजिल्यान्डको दक्षिणी द्विपमा गत सोमबार आएको विध्वंसकारी भूकम्पपछिका पराकम्पहरुपछि सयौ पटक गएका पहिरो कारण अडिएका पर्यटकहरुलाई उद्धार गरी हवाई मार्गमार्फत सुरक्षित स्थानमा सार्ने कार्य जारी छ ।

new-zeland-pm

सैनिक हेलिकोप्टरबाट भूकम्पबाट बढी प्रभावित काइकोरा विदा मनाउन गएका १२ सय व्यक्तिलाई लिएर पहिलो चरणको उद्धारकार्य सुरु गरेको बताइएको छ । उद्धारकार्यमा अमेरिकी र जापानी सैन्य जवानको पनि सहभागीता रहेको छ ।

८ अर्वको विवाहः २७ करोडको साडी, १० हजार पाहुना (फिचर)

सोमबार गएको सो भूकम्प ७.८ रिक्टर स्केलको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जानकारी दिएको छ । यद्यपि न्युजिल्यान्डको भूकम्प मापन केन्द्र ‘जियोनेट’ले भने यस भूकम्प ७.६ रिक्टर स्केलको मापन गरिएको जानकारी दिएको छ ।