९ पुस, काठमाडौं।

सातौं राष्ट्रिय खेलकुलअन्तर्गत एथलेटिक्समा नेपाली सेनाका धावक हरीकुमार रिमालले पहिलो स्वर्ण पदक हात पारेका छन् । यो सातौ खेलकुदकै पहिलो स्वर्ण हो ।

इटहरीको ट्रयाक एण्ड फिल्डमा आज बिहान सम्पन्न पुरुषतर्फको दौडमा रिमालले १५ सय मिटरको दुरी ४ मिनेट ४ सेकेण्डमा पार गरी उपाधि हात पारेका हुन् । खेलमा नेपाली सेनाकै अर्का धावक छत्रबहादुर दाहालले रजत र नेपाल प्रहरीका करण खड्काले कास्य पदक प्राप्त गरे । दौडमा १३ धावक सहभागी भएका थिए ।