११ असोज, एजेन्सी ।
उरी आक्रमणपछि कश्मिर मुद्धालाई लिएर भारत र पाकिस्तानको झगडा राष्ट्रसंघको मञ्च सम्म पुगेको छ । दुवै देशले एक अर्कालाई खुइलाउन र तर्साउन सबै विकल्प प्रयोग गरिरहेका छन् ।
बदलाको तयारी? भारतले एयर फोर्सलाई भन्यो- हाइ अलर्ट !
यसैबीच भारतको विरोधमा पाकिस्तानको राजधानी इस्लामाबादमा ठूलो पर्दर्शन भएको छ । प्रदर्शनमा मानिसहरुले पाकिस्तानी सेना प्रमुखले मोदीको टाउको काटेर हातमा लिएको तस्विर सहितको पोष्टर समेत बोकेका थिए ।
पोष्टरमा पाकिस्तानी सेना प्रमुख राहिल शरीफले हातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काटेको टाउको लिएको देखिन्छ । त्यसै गरी अर्को हातमा रगत लत्पतिएको तरबार देखिन्छ ।
उक्त पोष्टरको तस्विर सहितको प्रदर्शनपछि पाकिस्तानी मिडियामा यसबारे हेडलाइन समाचार बनेका छन् भने भारतीय मिडियामा भने खलबली मच्चिएको छ ।
संसदबाट ओलीले प्रचण्डलाई सोधे जवाफ दिनै नसक्ने ३ प्रश्न
पाकिस्तानी अखबार ‘द नेशन’ले जनाए अनुसार कश्मिरमा बुरहान वानी मारिएपछि कश्मिरमा भएको हिंसाको विरोधमा भारत विरुद्ध प्रदर्शन भएको हो । गत जुलाइ ८ मा भारतीय सेनाले आतंकबादी संगठन हिजबुल मुजाहिदीनका कमाण्डर बुरहानी वानीलाई इन्काउन्टर गरेको थियो । त्यसपछि कश्मिरमा हिँसा जारी छ ।
केही समय अघी मात्र पाकिस्तानका सेना प्रमुख जनरल राहिल शर्रीफले भारतप्रति लक्षित भाषामा युद्धको धम्की नदिन सचेत गराउँदै युद्ध भए युद्ध शुरु गर्ने देशले सहनै नसक्ने क्षती ब्यहोर्ने चेतावनी दिएका थिए ।
पाकिस्तानमाथि अल्पकालीन वा दीर्घकालीन युद्ध थोपर्न खोजेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी उनले दिएका छन् । कुनै पनि बाह्य आक्रमणलाई निष्तेज पार्न पाकिस्तानी सुरक्षा फौज तयार र सक्षम रहेको समेत उनले स्पष्ट पारेका छन् । जस्तो सुकै शक्ति भएको दुश्मनले धावा बोलेपनि पाकिस्तानले सहनै नसक्ने मूल्य चुकाउने स्थिती बनाइदिने उनको चेतावनी छ ।