बलिउड नायक विवेक ओबरोयंको फिल्म ‘पीएम नरेन्द्र मोदी’ को रिलिजमा रोक लगाइएको छ। अप्रिल १२ मा रिलिज तय भएको फिल्मलाई भारतको चुनाव आयोगले आचार संहिता उल्लंघन हुने बताउँदै रोक लगाएको हो।

फिल्ममा निर्माता सन्दिप सिंहले गणतन्त्रमा आफ्नो भावना जाहेर गर्ने स्वतन्त्रता हुनुपर्ने भन्दै फिल्म राजनीतिक प्रोपोगान्डा नभइ प्रेरणादायक कथा भएको बताएका छन्।

भारतमा हुन गइरहेको लोक सभाको चुनावको मुखैमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म रिलिज हुँदा यसले निर्वाचनलाई प्रभाव पार्ने भएकाले फिल्म माथी रोक लगाइएको हो। यो रोक चुनाव अवधिको लागि मात्र लगाइएको छ।

फिल्ममा नायक विवेक पनि फिल्मको सपोर्टमा बलिउडका कलाकार खडा नभइदिएकाले निराश छन्।

विगत दुइ वर्षमा विवेकले तमिल, तेलेगु र मलायलम फिल्ममा मात्र काम गरेका छन्। सन् २०१७ मा रिलिज भएको ‘ब्याङ्क चोर’ पश्चात विवेकले हिन्दी फिल्ममा अवसर पाएका थिएनन्।