२५ साउन, काठमाडौं ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताएका छन् ।
सूची लिक भएपछि प्रचण्डले बोलाए आकास्मिक बैठक
अर्थ मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गर्नुभएको बजेटलाई नै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्री महाराले भने, “राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढ्छौँ, त्यो बजेटमा हाम्रो पनि स्वामित्व छ ।”

संसद्ले विनीयोजन विधेक पास गरिसकेको अवस्थामा बाँकी रहेका अरु विधेयकलाई चालु सदनबाटै पास गरिने स्पष्ट गर्दै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए । अर्थमन्त्री महराले भने, “व्यवस्थापिका–संसद्को यही सेसनबाट बाँकी विधेयक पारित हुन्छ ।”
प्रचण्डको ठाडो निर्देशनपछि साउदीबाट आयो यस्तो जवाफ
पछिल्लो समयमा पुँजी बजारमा आएको उतारचढावका विषयमा उनले भने, “नेप्सेमा आएको परिवर्तन सरकार परिवर्तनसँग सम्बन्धित छैन, पुँजी बजारलाई सरकार परिवर्तनसँग जोड्न मिल्दैन ।”
चीनबाट आएको संकेत प्रचण्डका लागि सुखद् !
अर्थमन्त्री महराले पुँजी बजारका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियासँग आजै छलफल गरेका थिए ।
छलफलका क्रममा पुँजीबजारमा देखिएको उतारचढाव सरकार परिवर्तनले नभई प्राविधिक एवम् बजारको प्रकृतिअनुसार भएको हो, यसबाट लगानीकर्ता आत्तिनु नपर्ने निकर्ष रहेको उनको भनाइ थियो ।
मन्त्री महराले पुँजीबजारका लगानीकर्तालार्ई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताउँदै भने, “सरकार र अर्थ मन्त्रालय निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिएर काम गर्न चाहन्छ, यसमा कुनै आशङ्का गर्नुपर्दैन ।” उनले निजी क्षेत्रलाई विश्वासमा लिएर नै पुँजी विकास गर्न सरकार प्रतिबद्ध रहेने स्पष्ट पारे । रासस