१३ कात्तिक, काठमाडौं ।
नेपाली काँग्रेस नवलपरासीका जिल्ला सभापति तथा पुर्ब गृहराज्य मन्त्रि देबेन्द्रराज कण्डेललाई गोली हान्ने प्रयास गर्ने दुई जना भारतीय नागरीक एक थान पेस्तोल सहित पक्राउ परेका छन् ।
नवलपरासीको बडहरा दुबौलीमा रहेको आफनो माछा पोखरीमा जांदै गरेका कण्डेललाई लुकी छिपि बसेका भारतीय नागरीक जोगेन्द्रले गोली हान्ने प्रयास गरेका थिए । तर उनिहरुको प्रयास असफल भएको प्रहरीले जनाएको छ ।
कण्डेलका सुरक्षा गार्डले तत्कालै ति दुई जनालाई नियन्त्रणमा लिएका थिए । भारत उत्तर प्रदेश ठुठीबारी बस्ने जोगेन्द पटनावारका सहयोगी उज्जवल भनीने राजाबारी भारत निबासीलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।