१६ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएको हो । उनका अनुसार बढेको मूल्य आज राति १२ बजदेखि लागू हुनेछ । मूल्य बढेसँगै काठमाडौंमा पेट्रोलको मूल्य १ सय ९ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।

भारतले हिजो बढेको मूल्य पठाएपछि निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरेको जनाएकाे छ । खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।