काठमाडौँ, ६ वैशाख : काठमाडौँ, तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युत्को पोल सार्ने क्रममा पोल ढलेर करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।

अन्य दुई जना घाइते भएका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौँ बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सो क्रममा करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)