१ फागुन, काठमाडौ ।
पाँच टुक्रा विभाजित माओवादीहरुले आज २१ औ जनयुद्ध दिवस मनाउदै छन् । एमाओवादीले पार्टी केन्द्रीय कार्यालयमा दिउसो जनयुद्ध दिवस मनाउने तयारी गरेको छ भने पार्टी परित्याग गरेका नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले आज नै छोरी मानुषी अन्माउने तयारी गरेका छन् ।
जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई एमाओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एक साथ जनयुद्धको थालनी गरेका डा. भट्टराईले भने दिवस मनाउको सट्टा छोरी अन्माउने तयारी गरेका छन् ।
सानेपास्थिति निवासमा आफन्त नातागोता र नयाँ शक्तिका अभियन्ताहरुलाई निम्तो दिइएको छ । ३० बर्षसम्म संगै काम गरेका एमाओवादीका प्रचण्ड सहित कुनै पनि नेतालाई बोलाइएको छैन् ।
संयोग पनि कस्तो जनयुद्ध दिवसकै अवसरमा पारेर भट्टराईले छोरी अन्मनाउन लागेका हुन् । पेरिसडाँडामा कार्यक्रममा तयारी भइरहेको छ भने सानेपामा विवाहको लागि आफन्त र नातागोताको भिडभाड बढेको छ ।
