६ कात्तिक, काठमाडौं ।
अख्तियार प्रमुख कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै सत्तारुढ दल कांग्रेस र माओवादीबीच दुरी बढेको बेला प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच एक घण्टा ‘वान टु वान’ कुराकानी भएको छ ।sher br deuwa prachanda

यो पढ्नुस्: महाअभियोग प्रस्तावको पक्षमा निर्णय गर्न प्रचण्ड डराए

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रचण्डले कांग्रेसले छिटो निर्णय गर्नुपर्ने आग्रह गरेका थिए । जवाफमा देउवाले प्रचण्डसँग माओवादीको आधिकारिक निर्णय मागेको वालुवाटार स्रोतले बतायो ।

माओवादीले सल्लाह नै नगरी प्रतिपक्ष दल एमालेसँग मिलेर महाअभियोग प्रस्ताव दर्ता गराएको भन्दै देउवा रुष्ट छन् । देउवाले पार्टीले गर्ने निर्णय आधिकारिक हुने बताउदैँ अहिले नै केही निर्णय दिन नसक्ने जवाफ प्रचण्डलाई दिएका थिए ।

‘मेरो पनि बाध्यता तपाईले बुझिदिनु पर्यो, पार्टीबाट गल्ती भएका छन्, जनमत बनिनै सक्यो, यसबाट ब्याक हुने अवस्था छैन, यो प्रक्रियामा तपाईको पनि साथ चाहियो’, प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

देउवाले केही दिन पर्खन प्रचण्डसँग पुनः समय मागेका थिए । देउवा रिसाएपछि विहिवार बिहान देउवा निवास बुढानिकण्ठमै पुगेर प्रचण्डले वार्ता गरेका थिए । महाअभियोग प्रस्ताव दर्ता गराएसँगै दुई दलबीच दुरी बढ्दै गएको छ ।