६ असोज, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नर्भेजियन राजदूत क्याजेल टोर्मोड पेट्टेर्सेनबीच भेट बार्ता भएको छ ।
मोदीले १ घण्टा वार रुममा बसेर बनाए योजना
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालले संविधानको कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र समृद्धिका लागि द्रुत गतिमा काम गरिरहेको जानकारी गराउँदै नेपालको विकासका लागि नर्भेले गरेको सहयोगका लागि धन्यवाद दिएको उनको निजी सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्रीले नेपालले सात दशक लामो संघर्षबाट प्रगतिशील संविधान प्राप्त गरेको र शान्ति प्रक्रिया मौलिक रुपमा सम्पन्न हुन लागेको जानकारी गराउँदै नेपालको आर्थिक समृद्धिका लागि नर्भेका निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।
निकटका नेता बोलाएर प्रचण्डले खोले ३ षडयन्त्र
भेटमा राजदूत क्याजेलले नेपालको भौतिक विकास र समृद्धिका लागि नर्भेको सहयोग जारी रहने बताउँदै शान्ति प्रक्रियामा नर्भेको भूमिकामा नेपालले देखाएको सकारात्मक धारणाका लागि धन्यवाद दिएका थिए ।