१९ चैत, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २ साताका लागि चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड आगामी असार ७ देखि २ साताका लागि चीन जान लागेको माओवादी केन्द्र विदेश विभागले जनाएको छ ।
देउवामाथि भारी पर्दै खुमबहादुर, पौडेल पक्षमा जानेसम्मको चेतावनी
प्रचण्डसँग महासचिव कृष्णबहादुर महरा र सहयोगी लिएर प्रचण्ड चीन जान लागेका हुन् । त्यस्तै गरी प्रचण्डसँग माओवादी केन्द्र विदेश विभाग सदस्य युवराज चौलागाइ, स्वकीय सचिव जोखबहादुर महरा र उनका पुत्र प्रकाश दाहाल पनि जाने छन् । प्रचण्ड २० असारमा मात्र चीन बाट फर्किने बताइएको छ ।
फाइल तस्विर
बेइजिङमा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।
चीनको सल्लाहमा प्रचण्डको यू-टर्न- हिन्दुस्तान टाइम्स
सरकार ढाल्ने चर्चा चलिरहेको समयमा प्रचण्डको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । यस अघि सरकार ढाल्ने प्रयास गर्दा चीनले नै प्रचण्डलाई रोकेको बताइन्छ ।
चीनमा रहँदा प्रचण्ड र चिनियाँ उच्च अधिकारीबीच दीर्घकालीन रणनीति सहितका सहमति हुने श्रोतले दावी गरेको छ । कतिपयले भने ओली सरकारको काँध थापेको चीनसँग प्रचण्डको गोप्य सहमति भएको हुन सक्ने आशंका पनि गरेका छन् ।
वामदेवले गरे नौँबुदेँका क्रममा एमाले–माओवादीबीच भएको गोप्य सहमतिको खुलासा
चीनले ओली सरकार नढाल्न सुझाव दिएपछि प्रचण्ड पछि हटेको श्रोतको दावी छ । संविधान बनेपछि पहिलो पटक चीन जान लागेका प्रचण्डको चीन भ्रमणपछि नेपाली राजनीतिमा पनि प्रभाव पर्ने विश्लेषकहरुले बताएका छन् ।