१५ मंसिर, काठमाडौं।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रदेशको सिमांकन कुनैपनि देशको नक्कल गरेर जस्ताको तस्तै कपि पेस्ट गर्ने कुरा नभएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ सेजन को १८ औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
समाज भ्रष्टिकरण तर्फ बढेको र त्यसको परिणाम अहिले आएको भन्दै आजको अवस्थाले यो भन्दा ठूलो स्थिति आउने उनले चिन्ता व्यक्त गरेका छन् ।
भारतको अघोषित नाकाबन्दीले नेपाली समाजमा राजनीतिक, आर्थिक, सामाजिक लगायत बहुआयामीक क्षेत्रमा असर परेको उनले बताए ।
नेपाल आफैँ समस्या समाधान गर्न सक्षम रहेको र यो कसैको सल्लाह अनुसारको नहुने र नेपाली मौलिकतामा आधारित हुने पनि उनले बताए ।
संयुक्त मधेसीमोर्चासंग अब अन्तिम चरणको वार्ता हुने पनि बताउँदै उनले मोर्चालाई आन्दोलन छोडी वार्ताबाटै निष्कर्ष निकाल्न आग्रह गरे।
अहिलेको समस्यालाई संसदिय समिति वा उच्चस्तरीय राजनितिक संयन्त्रमार्फत समाधान खोज्न सकिने उनले बताएका छन् ।