१४ फागुन, दाङ।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै गर्ने चीन भ्रमणका बेला दुई देशबीचमा महत्वपूर्ण सम्झौता हुने बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

अब गरिने चीन भ्रमणका क्रममा पारवहन सम्झौता, वाणिज्य सम्झौता, दीर्घकालीन ऊर्जा सम्झौता र सीमाक्षेत्रमा ‘कनेक्टीभिटी’ बढाउने गरी सम्झौता हुने महासचिव पोखरेलले बताए ।

दाङको लमहीमा आज भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी देशबीचमा सन्तुलित सम्बन्ध नहुँदा नेपालले समस्या भोग्नुपरेको धारणा राखे ।

प्रधानमन्त्री ओलीले गरेको ६ दिने भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउँदै उनले एमाले नेतृत्वको सरकारले छिमेकी देशबीचको सम्बन्धलाई सन्तुलन राख्ने गरी काम गरिरहेको प्रस्ट पारे। अर्काे एक प्रसङ्गमा महासचिव पोखरेलले एमालेले संविधानको पक्षमा उभिने शक्तिसँग हातेमालो गरी अघि बढ्ने जानकारी दिए ।

नेपाल आत्मनिर्भर नहुँंदा छिमेकीले हेपाहा प्रवृत्ति देखाएको भन्दै उनले अब आत्मनिर्भरताको बाटोमा मुलुकलाई अघि बढाउन सबै तह र तप्काबाट पहल हुने गरी नीति तथा कार्यक्रम तयार गरिने जानकारी दिए। रासस

यो पनि पढ्नुस्।
विश्वकै ठुलो वायुयानको आउँदो महिना परिक्षण उडान, कार्यक्षमता भन्दा डिजाइन चर्चामा
भारतबाट अझै पनि नाकाबन्दीकै ब्यवहार
अव कांग्रेस नेतृत्वको राष्ट्रिय सरकार- दिननाथ शर्मा