१३ कातिक, काठमाडौं ।
संविधान संशोधनको प्रक्रिया छायाँमा पार्ने गरी अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सत्तारुढ दल कांग्रेस र सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले आपत्ति जनाएपछि आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र मोर्चासँग वार्ता गर्ने भएका छन् ।prachanda-muskan-muskan

सरकार गठन भएको झण्डै तीन महिना पुग्न लाग्दा समेत सरकार कांग्रेस र मधेसी मोर्चाबीच संयुक्त बैठक बस्न नसकेको बेला प्रचण्डले त्रिपक्षीय वार्ता गर्न लागेका हुन् ।

कांग्रेसले सल्लाह नै नगरी महाअभियोग प्रस्ताव दर्ता गरेको भन्दै प्रचण्डसँग संशङ्कित भएको छ भने मोर्चाले संविधान संशोधनलाई छायाँमा पार्न एमाले अध्यक्ष ओलीको उक्साहमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताएको छ ।

सत्तारुढ दलबाटै प्रचण्डको चर्को आलोचना भएपछि महाअभियोग प्रस्ताव, संविधान संशोधनको बारेमा छलफल गर्न प्रचण्डले आज दिउँसो चार बजे त्रिपक्षीय वार्ता गर्न लागेको प्रचण्डको सचिवालयले बताएको छ ।