९ फागुन, देहरादुन ।
६ दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारत उत्तराखण्डको टेहरी बहुउद्देश्यीय परियोजनाको अवलोकन गरेका छन् ।
प्रधानमन्त्रीले देहरादुन पुगेर टिहिरी ड्याम र पावर हाउसबारे जानकारी लिएका हुन् । नेपाली समयअनुसार बिहान पौने ११ बजे भारतीय सेनाको हेलिकोप्टरबाट बिहान दस पैंतीस बजे उनलाई कोटी कोलोनीको ‘हेलिप्याड’मा उतारिएको थियो ।

उत्तराखण्ड सरकारको तर्फबाट मोदीलाई पर्यटन मन्त्री दिनेश धनैले स्वागत गरेका थिए । नेपालमा पञ्चेश्वर बाँध बनाउँदा कसरी पुनर्वास गर्ने भन्नेबारे स्थलगत अबलोकनका लागि भारत सरकारले उनलाई टिहिरी पुर्याएको हो ।
नेपाल भारत सम्झौतापछि चिनियाँ मिडियाको हेडलाइन
भारतमा मोदीको अगाडी ओलीलाई हिरो बनाउने ३ तस्विर
ओलीको भ्रमणलाई लिएर हिजैदेखि त्यहाँको जिल्ला प्रशासनले तयारी थालेको थियो । टिहिरी नयाँ दिल्लीबाट ३ सय किलोमिटर दुरीमा पर्छ ।
नरेन्द्र मोदी माथि केपी ओलीका ६० नजर
भारतले ओलीलाई टिहिरि पुर्याएर नेपालको जलश्रोतमा आफ्नो चासो पनि गम्भिररुपमा देखाएको छ ।